Fri. Apr 26th, 2024

पोखरा । फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सकिएको छ । छायाँकन सुरू भएको ३३ दिनमा यस फिल्मको पोखरामा इन्डक्ल्याप गरिएको हो ।
यस फिल्ममा काठमाडाैँ लगायत पोखरा वरपरको सिनहरू पनि खिचिएको छ । अन्तिम तर्फको सिन खिच्न पोखरा पुगेको टोलीले त्यही फिल्मको इन्डक्ल्याप समेत गरेको छ ।
यस फिल्मका निर्देशक रमेश एमके पौडेल हुन् । फिल्म निर्माण पनि उनले नै गरेका हुन् । उनले यसअघि ‘रुद्रप्रिया र रज्जा रानी’ फिल्मको निर्माण गरिसकेका थिए भने तिम्रो मेरो साथ’ बाट निर्देशनमा डेब्यु गरेका हुन् ।
यस फिल्ममा भिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहले विशेष भूमिकामा अभिनय गरेका छन् । यसका फिल्ममा अलावा सरोज खनाल, इमिली लामा, खगेश्वर पुन मगर (खबपू) लगायतको पनि अभिनय रहेको छ ।
योगेश काजीको संगीत रहेको फिल्मका निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, सुमन पौडेल र सुधिर पराजुली छन् । निर्माण टिमले सुटिङ अवधिभर पुष्प, साम्राज्ञी र सन्दिपलाई बडिगार्डको व्यवस्था गरेको थियो ।

Leave a Reply

%d bloggers like this: