Fri. Apr 26th, 2024

एजेन्सी । भारतीय चर्चित कमेडियनलाई जेल चलान गरिएको छ । मुम्बइको एक अदालतले भारतीय कमेडियन भारती सिंह र उनका पतीलाई १४ दिन जेलमा राख्न अनुमति दिएको हो ।
उनीहरू अब डिसेम्बर ४ सम्म प्रहरी हिरासतमा रहनेछन् । सिंह दम्पती गाँजा सम्बन्धि केसमा एनसिबीबाट पक्राउ परेका थिए । एनसिबीले उनीहरूको घरबाट नै गाँजा बरामद गरेको थियो ।
भारती शनिबार नै पक्राउ परेकी थिइन् भने उनका पती आइतबार पक्राउ परेका हुन् । भारतीलाई एनसिबीले १२ घण्टासम्म सोधपुछ गरेको बताइएको छ ।
सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा लागुपदार्थ सम्बन्धि अनुसन्धानले ठूलै लहरो समातिरहेको छ ।

Leave a Reply

%d bloggers like this: