“प्रेमगीत ३” को टिजर सार्वजनिक

मनोरंजनसंसार डटकम | Tuesday, March 3rd, 2020

फिल्म प्रेमगीत ३ काे चलचित्रको टिजर सार्वजनिक गरिएकाे छ ।

३ मिनेट ४१ सेकेन्डको टिजरमा प्रेम, बिछोड र एक्सन देख्न सकिन्छ । चलचित्रको मुख्य भूमिकामा प्रदीप र क्रिस्टिनासँगै नायक शिव श्रेष्ठ, पुस्कर कार्की, सुनिल थापा, सन्तोष सेन लगायतका कलाकार रहेका छन् ।

चन्द्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेको फिल्मको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् भने बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा हिमाल केसीको एक्सन कोरियोग्राफी छ । छेतेन गुरुङ्ग र सन्तोष शेनले निर्देशन गरको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका छन्।

तीन करोडभन्दा बढीको लागतमा निर्माण भएको चलचित्रले डेढ सय वर्ष अगाडिको प्रेमकथामा बन्दै छ। उक्त चलचित्र चैत्र २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Facebook Comments