Fri. Mar 29th, 2024

संचारकर्मी फूलमान वल निर्देशित फिल्म ‘निरफूल’ को ट्रेलर सार्बजनिक गरिएको छ । फिल्म भूकम्प पश्चात बिछोडिएको एक परिवारको कथामा आधारित छ । फिल्ममा दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राज, रोशन फ्युबा लगायतको अभिनय रहेको छ । फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् । फिल्मको पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन् ।

फेण्ड्स अफ नेपाल-म्यान्मार फेन्डसिप काउन्सिल र अमेरिकास्थित ग्रीनतारा इन्टरटेनमेन्टको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता डोमा सोनाम हुन्। अन्य निर्मातामा माया केसी, दिपक श्रेष्ठ, चन्द्रमाया तामाङ, उदय लामा, रोज लामा, दिनेश लम्तरी मगर, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठले गरेका छन् भने वितरक गोविन्द शामी र मनोज राठी रहेका छन् । फिल्म चैत्र ७ गते रिलिज हुनेछ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: