Fri. Apr 26th, 2024

प्रतिक्षित फिल्म ‘म यस्तो गीत गाउछु २’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको तथा संगीत संयोजन रिदम कडेलको रहेको छ । गीतमा सोनाम थोप्देन र अस्मिता अधिकारीको आवाज रहेको छ भने भिडियोमा फिल्का मुख्य कलाकार पूजा शर्मा र पल शाह रहेका छन् ।

फिल्ममा पूजा र पलको साथमा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोख्रेल, गणेश गिरि, सोनीका रोकाया लगायतको अभिनय रहेको छ । सुदर्शन थापाले निर्देशन गरेको फिल्म पूजा शर्मा र निर्देशक थापाले निर्माण गरेका हुन् । फिल्मका सह निर्माता जन्मजय राई रहेका छन् । फिल्मको भीएफएक्स सत्यम राणाले सम्हालेका हुन् । सुदर्शन थापाकै कथा रहेको फिल्मका गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । सौरभ लामाले खिचेको फिल्म बेनिश शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । फिल्ममा अर्जुन पोखरेलको संगीत छ फिल्म यहि फागुन २३बाट प्रदर्शनमा आउने छ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: