Fri. Apr 26th, 2024

नेपाल लगायत एसियाका जापान र हङकङमा दर्शकको मन मुटु तान्न सफल भएको फिल्म “लभ स्टेशन” अब युरोपमा पनि प्रदर्शन हुने भएको छ । अब यो फिल्म अगस्टदेखि युरोपका पोर्चुगल र जर्मनीमा समेत प्रदर्शन हुने भएको हो ।

अगस्टबाट फिल्म युरोप प्रदर्शन गर्ने योजना बनाएको निर्माण पक्षले बताएको छ । युरोपमध्ये जर्मन र पोर्चुगललाइ मध्यनजर गर्दै यो फिल्म प्रदर्शन गरिनेछ । यो फिल्म जर्मनीका बर्लिन, ह्यामबर्ग, म्युनिस्तर र फ्र्यांकफर्टमा प्रदर्शन हुनेछ ।

त्यसैगरी जर्मनी र पोर्चुगल बाहेक यो फिल्म बेल्जियम, डेनमार्क र फ्रान्समा समेत प्रदर्शन हुने भएको छ । नेपाल बाहिर जापान र हङकङमा दर्शक लोभ्याउन सफल यो फिल्मलाइ युरोपमा पनि ठुलो प्रदर्शनका रूपमा हेरिएको छ ।

प्रदिप र जसिता अहिलेका युवा पुस्ताका सुपरहिट जोडीको रूपमा नेपाली सिने जगतमा छाइरहेका छन् ।

Leave a Reply

%d bloggers like this: