Fri. Apr 26th, 2024

भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा दुई नेपाली बालकले पुरस्कार पाएका छन् । नेपालका प्रतिभाशाली बाल-कलाकार प्रितम आचार्यले सेकेन्ड रनर-अप तथा अर्का नेपाली प्रतिस्पर्धी बाल-प्रतिभा आयुष केसीले चौथो स्थान लिएर पुरस्कृत भएका हुन् ।
भारतीय च्यानल जी टीभीको कार्यक्रमको फाइनलमा प्रितम आचार्यले ‘सेकेण्ड रनर अप’ काे उपाधि हात पार्दै तेस्राे स्थान अाेगटेका हुन् । सो कार्यक्रमको फाइनलमा ६ जना प्रतिस्पर्धी पुगेका थिए ।
सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्रितमले अडिसनदेखि नै निर्णायकहरुको मन जित्दै आएका थिए भने स्राेता/दर्शककाे मनमा समेत बस्न उनी सफल थिए । उनी ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेकाे बताइन्छ । कक्षा ६ मा अध्ययनरत उनी २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा समेत दोस्रो भएका थिए ।

Leave a Reply

%d bloggers like this: