Fri. Apr 26th, 2024

काठमाडौँ ।
फिल्म ‘गोपी’को पोस्टर सार्वजनिक गरिएको छ ।
सार्वजनिक पोस्टरहरुमा विपिन ,अभिनेत्री वर्षा राउत र सुरक्षा पन्तलाई समावेश गरिएको छ । कलाकार सँगै पोस्टरमा गाई र गाइको बाच्छालाई प्रस्तुत गरिएको छ । फिल्मको निर्देशन दीपेन्द्र लामाले गरेका हुन् ।
त्यस्तै कार्यकारी निर्माता श्रीधर पौडेल रहेकाे फिल्ममा विपिनले फिल्ममा गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन् ।आरोही केसीले लगानी गरेको फिल्मको टौवा क्रियसनका विजय बस्यालले पोस्टर डिजाइन गरेका हुन् । आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन् ।
शैलेन्द्र डि कार्की फिल्मकाे छायाँकार हुन् भने सम्पादक भने निमेष श्रेष्ठ रहेका छन् । फिल्ममा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले कम्पोज गरेका छन् ।
प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायतले फिल्ममा अभिनय गरेका छन् । फिल्म आगामी माघ १८ मा रिलिज हुने तय भइसकेको छ ।

Leave a Reply

%d bloggers like this: