Fri. Apr 26th, 2024

काठमाडाैं ।
दर्शक खुसी पार्न सफल फिल्म ‘प्रसाद’ ले बक्स अफिसमा व्यापार पनि राम्रो गरेको छ । शुक्रबार सुखद व्यापार गरेको फिल्मले शनिबार आक्रमक कलेक्सन गरेको निमार्ता सुभाष थापाले जानकारी दिए । प्रदर्शनको हप्तामा नै रहदाँ फिल्म ” प्रसाद ” करोडाैँ क्लबमा प्रवेश गर्न समेत सफल भएको छ ।
फिल्मले शुक्रबार र शनिबार गरी १ करोड १५ लाख ग्रस कलेक्सन गरेको छ निर्माता थापाको भनाई छ । शुक्रबार लगभग ४० लाख ग्रस व्यापार गरेको प्रसादले शनिबार ७५ लाख कलेक्सन गरेको रिपोर्ट छ । फिल्म काठमाण्डौका २१ वटा र मोफसलका ५० वटा हलमा प्रदर्शनरत छ ।
दिनेश राउतको निर्देशन रहेको फिल्मले निःसन्तान दम्पत्तीको कथालाई उठाएको छ । फिल्ममा बिपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत मुख्य भूमिकामा प्रस्तुत भएका छन् । फिल्मका लेखक सञ्चारकर्मी सुशिल पौडेल हुन् ।
 
‘प्रसाद’ मा विपिन, नम्रता र निश्चलसँगै बसुन्धरा भुषाल, बिनोद भट्टराई, अन्नपुर्नस्वरी सिल्पकार, लोकमनी सापकोटा, सुनिशा बजागाई लगायतका कलाकारहरुको अभिनय रहेको छ । सकारात्मक दर्शक प्रतिक्रिया र समिक्षा राम्रो पाएका कारण प्रसाद राम्रो चल्ने आशा छ

Leave a Reply

%d bloggers like this: