Fri. Apr 26th, 2024

एजेन्सी ।
करण जोहर निर्देशित पहिलो फिल्म ‘कुछ कुछ होता है’ को अभिनेत्री काजोल उनको बेस्ट फ्रेण्ड हो । तर दुई वर्ष अगाडि काजोलकी श्रीमान अजय देवगनको फिल्म ‘शिवाय’ र करण जोहरको फिल्म ‘ए दिल है मुस्किल’को रिलिजको दौरानमा भएको चर्को विवादले उनिहरुको असल साथीको सम्बन्धमा चिसोपना छाएको थियो ।
अभिनेत्री काजोलले आफ्नो बायोग्राफीमा आफैले अजय र करण जोरवीचको विवादलाई खुलासा गरेकी थिइन् । दुई वर्षपछि पुनः उनिहरुको असल साथीको सम्बन्धले निरन्तरता पाउने भएको छ ।
अब सो विवादपछि पहिलो पटक काजोल आफ्नो श्रीमान अजय देवगनको साथमा करण जोहरको शो ‘कफी विद करण’मा आउँदैछन् । अजय, काजोल र करण तीनै जनाले गत विहीबार यस एपिसोडको सुटिङ गरेका छन्, भने तस्वीर पनि सेयर गरेका छन् ।
अभिनेत्री काजोलले तीनै जनाको तस्वीर सेयर गर्दै क्याप्सनमा ‘अल इज वेल’ लेखेकी छन् । यसका साथै अभिनेत्री काजोलले आँखा झिम्क्याउँदै एक इमोजी पनि सेयर गरेकी छन् ।
करण जोहरको ‘ए दिल है मुस्किल’ र अजय देवगन निर्देशित फिल्म एकैसाथ दर्शकमाझ रिलिजमा आएको थियो । यसै दौरानमा उनिहरुको सम्बन्धमा चिसोपना छाएको थियो ।

Leave a Reply

%d bloggers like this: