Fri. Apr 26th, 2024

२१ कात्तिक ।
यहि मंसिर २८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘सुश्री सम्पत्ति’को नयाँ गीत सार्वजनिक भएको छ । गत मङ्गलबार भक्तपुरमा आयोजित एक एक विशेष समाहरोहका बिच फिल्मको नयाँ गीत ‘झम्की हराएँ’ सार्वजनिक गरिएको हो ।
सार्वजनिक ‘झुम्की हराएँ’ बोलको गीतमा मिना निरौला र राजन इसानको स्वर रहेको छ । सुरेश अधिकारीको शब्द तथा सङ्गीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतमा अभिनेत्री प्रियङ्का कार्कीको आइटम नृत्य रहेको छ।
गीतको भिडियोमा प्रियङ्कालाई फिल्मका अभिनेता प्रमोद अग्रहरी, विनोद न्यौपाने, सलोन बस्नेतले साथ दिएका छन् । मङ्गलवार भक्तपुरमा आयोजना गरिएको गायक दीपक बर्जचार्यको म्युजिकल कन्सर्टमा गीत सार्वजनिक गरिएको थियो । उक्त कन्सर्टमा दीपकले आफ्ना दर्जन भन्दा बढी गीतहरू गाएर दर्शकलाई झुमाएका थिए ।
लामो समय संचारकर्ममा आबद्ध रहेका सुुर्वतले सुश्री सम्पत्तिको निर्देशन गरेका हुन्। फिल्ममा विनोद, सलोन, प्रमोदको अलावा सारा श्रीपालिको मुख्य भूमिका रहेको छ । अभिनेत्री प्रियङ्का कार्कीको यसमा विशेष भूमिका रहेको छ । फिल्मलाई रमेश तावा ना, विज्ञान राई, न्युुनम सुब्बा, रोमन शिलाकारले संयुुक्तरुपमा निर्माण गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: