Fri. Apr 26th, 2024

काठमाडौं ।
मुम्बईमा एक मोडलको हत्याले सनसनी मच्चाएको छ । ती मोडलको हत्या मात्र गरिएन, उनको लाशलाई सुटकेशमा हालेर झाडीमा फालिएको छ । प्रहरीका अनुसार ती मोडल २० वर्षकी हुन्, भने हैदरबादका बासिन्दा हुन् ।
२० वर्षीया ती मोडल भर्खर चर्चामा आउन थालेकी थिइन् । उनी सिल्भर स्क्रीनमा छाउन थालेकी थिइन्, भने बलिउडमा आएर आफुलाई चर्चित बनाउन चाहन्थिन् । तर उनको यो सपना सपनानै बनेको छ । ग्ल्यामर क्षेत्रमा आफुलाई अब्बल सावित नगर्दै उनको हत्या भएको छ । यो कुरा २० वर्षीया मोडल मानसी दिक्षीतको हो ।
अर्का २० वर्षीय युवकले मानसीको हत्या गरेका हुन्, भने उनको लाशलाई ट्राभल ब्यागमा खाँदेर मलाडको माइण्डस्पेस नजिकैको ठूलो झाडीमा फ्याँकेका थिए । ती आरोपित युवक मोडल मानुसीको साथी भएको बताइएको छ ।
युवकले मुम्बईमा मध्यरातको समयमा सबै सुतिरहेको समयमा ती २० वर्षीया मोडल मानसीको शब ठेकान लगाएका थिए । यसरी मध्यरातमा शबलाई ठकान त लगाए तर उनी आफुलाई बचाउन सकेनन् । उनी सीधै प्रहरीको फन्दामा परे । तर अहिलेसम्म किन उनले ती मोडल साथीको हत्य गरे भन्ने विषयमा कुरा खोलेका छैनन् ।
मुम्बई प्रहरीको डिसिपी संग्राम सिंह निसानदारका अनुसार हत्या गरिएकी मानुसी दिक्षीत एक मोडल थिइन् । उनी राजस्थानका स्थायी बासिन्दा हुन् । मानसीदे कयौं म्युजिक भिडियो तथा सर्ट फिल्महरुमा काम गरिसकेकी थिइन् । तर यता आरोपित ती युवक मुजम्मिल सैय्याद भने हैदरबादका स्थायी बासिन्दा हुन् । उनी केहि दिन पहिले मात्रै मुम्बई आएका थिए ।
अहिलेसम्म ती युवकले मोडल मानुसीको हत्या किन गरे भन्ने कुरा भने खुल्न सकेको छैन । प्रहरीको अनुसार आरोपित युवकले आफ्नो बयान परिवर्तन गरिरहेका छन् । आरोपित युवकका अनुसार उनिहरुको केहि दिन पहिले झगडा भएको थियो । प्रहरीले अझैं अनुसन्धान गरिरहेका छन् ।

Leave a Reply

%d bloggers like this: