Fri. Apr 26th, 2024

काठमाडाैं ।
। भाद्र ९ गतेबाट देशका चार प्रमुख स्टेशनमा ‘अनमोल इभ’ हुने भएको छ । जहाँ अभिनेता अनमोल केसीले प्रत्यक्ष उपस्थितिमा आफ्नो प्रस्तुती दिनेछन् ।
मोनिका इन्टरनेशनल ग्रुपले आयोजना गर्न लागेको ‘अनमोल इभ २०१८’ को शनिवार राजधानीको पाँचतारे होटल अन्नपूर्णमा एक कार्यक्रमका बीच औपचारिक जानकारी दिइयो । कार्यक्रममा अनमोल आफू अभिनीत फिल्म ‘क्याप्टेन’ को छायांकन १ घण्टाका लागि रोकेर उपस्थित भएका थिए ।
भाद्र ९ गते बुटवल, भाद्र १६ गते पोखरा, भाद्र २३ गते चितवन र विर्तामोडमा भाद्र २७ गते उक्त कार्यक्रम हुने आयोजक संस्था मोनिका इन्टरनेशनलका अध्यक्ष कमल जिसीले जानकारी दिए । ‘अनमोल इभ’ मा अभिनेता केसीले गायन, नृत्य र आफ्ना फिल्मका केही संवादहरु बोल्नेछन् ।
आयोजक संस्थाका अनुसार, उनी यो कार्यक्रम गर्न बिना पारिश्रमिक राजी भएका हुन् । २ सयभन्दा बढी टिकट दर तोकिएको ‘अनमोल इभ’ मा अभिनेता अनमोल केसी हेलिकप्टरमार्फत् काठमाडौंबाट सिधै कार्यक्रम स्थलमा ओर्लिनेछन् ।
पर्यटन प्रर्बद्धन, कला संस्कृति संरक्षण, सडक नाटक कार्यक्रम मार्फत् शिक्षा र नयाँ प्रतिभालाई प्रोत्साहनसँगै नेत्रहिन महिला संघ, नेपाललाई सहयोगार्थ यो कार्यक्रम आयोजना हुन लागेको हो । अनमोलले पहिलो पटक आफ्ना प्रशंसकसँग प्रत्यक्ष भेट्ने अवसर पाउन लागेकोमा खुसी व्यक्त गरे ।
उनले भने, ‘अहिलेसम्म मैले सामाजिक कार्यका लागि भनेर कुनै काम गरेको थिइनँ । यो मेरो लागि ठूलो अवसर हो । साथै, प्रशंसकसँग प्रत्यक्ष रुपमा भेट गर्न मलाई यो कार्यक्रमले ठूलो सहयोग गर्नेछ ।’
फिल्म ‘क्याप्टेन’ भदौ अन्तिममा रिलिज हुने प्रवल सम्भावना रहेका कारण आफू अभिनीत फिल्मको प्रचारमा ‘अनमोल इभ’ ले फाइदा पुग्ने उनको विश्वास छ ।
आयोजक संस्था मोनिकाका अध्यक्ष जिसीले पर्यटन प्रर्बद्धनका लागि ‘अनमोल साँझ’ गर्न लागिएको बताए । कार्यक्रममा नेत्रहिन महिला संघकी अध्यक्ष सिता सुवेदी पनि उपस्थित थिइन् ।
यस कन्सर्टका लागि अहिलेसम्म अनमोलसँग स्टेज शेयर अभिनेत्री प्रियंका कार्कीले गर्ने तय भएको छ । अन्य कलाकारको टुंगो चाँडै लाग्ने आयोजक संस्थाले जानकारी दिएको छ ।

Leave a Reply

%d bloggers like this: