Sat. Apr 27th, 2024
कात्तिक २ गतेलाई प्रदर्शन मिति लक गरिएको आर्यन सिग्देल र रेखा थापा अभिनित फिल्म ‘रुद्रप्रिया’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा समावेश ‘चिरवीर चिरवीर चाँचरी’ बोलको गीतबाट नै प्रतिक्षीत बनेको फिल्मको सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, अवरोध र द्धन्द्ध समावेश छ । आर्यन र रेखाको प्रेममा गायक तथा संगीतकार राजन इशान तगारो बनेका छन् । ८ वर्षपछि स्क्रिन शेयर गरेका आर्यन र रेखाको केमेष्ट्री ट्रेलरमा लोभलाग्दो देखिन्छ ।
फिल्म ‘रुद्रप्रिया’लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन । फिल्ममा सिवाकोटी सहित सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । सञ्जय लामा फिल्मका छायाँकार हुन् ।
यसअघि लगातार नारीप्रधान फिल्ममा अभिनय गर्दै आइरहेकी नायिका रेखा थापाले ‘रुद्रप्रिया’ पनि नारी प्रधान रहेको बताइन् । रेखा फिल्मसको ब्यानरमा निर्माण भएको रेखा थापा प्रस्तुकर्ता रहेको फिल्म ‘रुद्रप्रिया’लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् ।
https://www.youtube.com/watch?v=Dc-aDzfOeIo&t=42s

Leave a Reply

%d bloggers like this: