Fri. Apr 26th, 2024

यो हप्ता नेपाली फिल्म हलमा दुइटा फिल्म रिलिज भएका छन्। निकै चर्चामा रहेको फिल्म …होस्टेल’ र …बाउन्सर’ले भदौ १४ लाई रिलिज डेट बनाएका हुन्।
होस्टेलमा बस्ने युवाको कथामा बनेको फिल्म …होस्टेल’ निकै आशा गरिएको फिल्म हो। यसमा समाहित डाइलगले फिल्म हाइप झन् उकालो लगाइसकेको छ। त्यसैगरी तीन चर्चित फिल्मकर्मीका छोराहरुको गठजोड फिल्मका लागि संयोग मात्रै होइन। यो फिल्मसँग धेरैजनाको करियर पनि जोडिएकाले फरक रुपमा हेरिएको छ। निर्माता सुनिल रावलले फिल्म …सायद’ले बनाएको उचाइ कायम गर्नु पर्नेछ, तीन हिरो अनमोल केसी, सलोन बस्नेत र गौरव पहारीले बाउको बिरासत धान्नुपर्नेछ, निर्देशक हेमराज विसीले आफ्नो …फिल्म विश्वविद्यालय’ बलिउडको प्रतिभावान चेलाका रुपमा परीक्षा पास गर्नुपर्नेछ भने निर्माता, अभिनेता हुँदै फिल्म वितरक बनेका गोबिन्द शाहीको पनि यही फिल्मसँग भविष्य जोडिएको छ। bauncer
फिल्म …बाउन्सर’ रेस्टुरेन्टका कथा हो। जहाँ बाउन्सरले खेल्ने भूमिका प्रमुख छ र हट नायिका शुषमा कार्कीले फेरि एकपटक बजार तताउने सुर गरेकी छिन्। निर्माता प्रशान्त गिरी आफै मुख्य भूमिकामा रहेको फिल्म एक्सन र रोमान्सको गठजोड हो। फिल्मको निर्देशन मदन घिमिरेले गरेका हुन्।

%d bloggers like this: