Thu. Apr 25th, 2024

शुक्रबारबाट होस्टेल प्रदर्शनमा आउने गत बर्ष सायद चलचित्रबाट चर्चा र नाफा दुबै कमाउन सफल दुर्गिश फिल्मको व्यानरमा निर्माण भएको होस्टेल चलचित्र शुक्रबार देशैभर एकैसाथ रिलिज हुने भएको छ । बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरि यसबारे जानकारी गराईएको हो ।
चलचित्रका दोस्रो पुस्ता मानिने तीन नव अभिनेताको मुख्य भूमिका रहेको होस्टेल चलचित्रबाट निर्माण पक्ष निकै आशावादी देखिएको छ । निर्माता तथा कलाकार सुनिल रावलले निर्माण गरेको चलचित्र होस्टेलमा यस अघि मञ्जरीमा नायकको भूमिका निर्वाह गरिसकेका गौरब पहाडी, त्यसैगरी अभिनेता भूवन केसीका छोरा अनमोल केसी, त्यस्तै निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेतले नायकको भूमिका निर्वाह गरेका छन् ।कार्यक्रममा दिईएको जानकारी अनुसार नव प्रवेशी निर्देशक हेमराज विसीले चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा प्रकृति श्रेष्ठ र रिस्ता बस्नेतले नायिकाको भूमिका निर्वाह गरेका छन् ।
चलचित्रको वितरणको जिम्मा लिएका नायक तथा निर्माता गोविन्द शाहीले शुक्रबार देशैभर एकैसाथ चलचित्र प्रदर्शनमा आउने जानकारी दिएका छन् । शाहीका अनुसार राजधानीका सबैजसो मल्टिप्लेक्स हलमा चलचित्र प्रदर्शनमा आउने छ । ति हलहरुमा बिहिबार साँझ सम्म ७० प्रतिशत टिकट बुक भैसकेको छ । ती मध्य सिभिल मलको क्यु एफएक्स हलमा बिहान सवा ९ बजे देखि दिनभर तीन शो प्रदर्शन हुने छ भने राजधानीकै सिटी सेन्टर, जय नेपाल लगायत सम्पुर्ण हलमा चलचित्र प्रदर्शनमा आउने छ ।

%d bloggers like this: