जानकीले युरोप पुगेर सोधिन्, ‘जवानी के ले सेलाउँछ ?’

एक महिने सांगीतिक टुरका लागि युरोप पुगेकी जानकी मगरले त्यहाँ पनि सोधिन्, ‘जवानी के ले सेलाउँछ ?’ बरफ पानी खाँदा पनि जवानी तातेको भन्दै सेलाउने उपायको खोजी गरेपछि युरोप रहेका नेपाली तन्नेरीका मन पनि तातेको थियो । केही समयअघि मात्रै बजारमा आएको आफ्नो लोकपप एल्बम् ‘मेरो जवानी’को उक्त गीत गाउँदा माहोल पनि गर्माएको थियो ।
यसअघि तीजको गीत ‘कार किनेर ल्याऊ’ गाएर चर्चामा आएकी जानकीलाई यो गीतले थप चर्चित बनाइरहेको छ । विश्व मगर संघले आयोजना गरेको उक्त सांगितीक टुरमा रामजी खाँडसँग गरेको दोहोरी जुहारीमा पनि दर्शकको ताली त्यत्तिकै बटुलेकी थिइन् ।

Read More

वेटर थिए अक्षयकुमार

कामका लागि निर्माता–निर्देशकको दैलो चहार्दै गरेका अक्षय पनि राजेश खन्नाकोमा पुगेका थिए । खन्नालाई भेट्न जाँदा उनी आफ्नो केबिनमा थिए र काम माग्न आएका अरू केटाहरूसँग व्यस्त थिए । अक्षयले तीनचार घण्टासम्म पालो कुरे तर उनको नम्बर आएन । अक्षय त्यहाँबाट निराश फर्किए । यसरी भेट्न नपाई रित्तो हात राजेश खन्नाको अफिसबाट फर्केका अक्षय भविष्यमा उनकै ज्वाइँ बने ।

Read More

निकुञ्जका लागि साढे सात सय नांगिए

अस्ट्रेलियाको इतिहासमा नांगाहरूको यो अहिलेसम्मकै दोस्रो ठूलो सामूहिक स्नान हो । अस्ट्रेलियाका राष्ट्रिय निकुञ्जका लागि आर्थिक सहयोग जुटाउन साढे सात सय मानिस सामूहिक रूपमा नांगिएका थिए । स्नानमा सहभागीमा कुनै ठूलै काम गर्दाको जस्तै आत्मसन्तुष्टि झल्किएको थियो । बिहान आठ बजेदेखि सामूहिक स्नान सुरु भएको थियो ।

Read More

क– कसले पाए रापती अवार्ड ?

राष्ट्रिय रापती म्यूजिक अवार्ड २०७० मा गायक विरही कार्की र गायिका देवी घर्ती उत्कृष्ट लोकदोहोरी गायक र गायिकाको अवार्ड चुम्न सफल भए । गायक कार्कीले मायालु हजारबाट अवार्ड चुमेका हुन् भने गायिका देवी घर्तीले हाँस्न सिकायौबाट अवार्ड चुमेका हुन् ।
फागुन ११ गते आइतबार राजधानीको सभागृहमा भएको राष्ट्रिय रापती म्यूजिक अवार्डमा उत्कृष्ट गायक सुगम संगीततर्फ नरेन्द्र प्यासीले म त तिम्रो मान्छेबाट अवार्ड चुमे भने उत्कृष्ट गायिका सुगम संगीततर्फको अवार्ड तिमी छैनौ र बोलको गीतबाट रिमा गुरुङ होडाले चुम्न सफल भइन् ।

Read More

‘गोर्खा पल्टनका अफिसरले रुचाए निशानी’

नेपाली चलचित्र ‘निशानी’ को भारतको गुहाटीस्थित हाम्लुङमा च्यारिटी सो गरिएको छ । वीर गोर्खालीको गाथा बोकेको यस चलचित्रलाई स्थानीय दर्शकले अत्यधिक रुचाएको निर्माणपक्षले जनाएको छ । चलचित्र च्यारिटीका लागि गुहाटी प्रस्तुतकर्ता तथा कलाकार प्रेम सुब्बाले त्यहाँबाट फर्केपछि भने, ‘चलचित्र स्थानीयले अत्यधिक रुचाए । निशानी हेरेर उनीहरू भावुक भएका थिए ।’

Read More

निशाले भनिन्, ‘अरु दुई श्रीमान् खोई ?’

लोकगायिका निशा सुनारले नृत्यनिर्देशक शंकर विसीसँग विवाह गरेको केही दिनअघि सार्वजनिक भएको थियो । धेरै मिडियामा शंकरसँग उनको तेस्रो विवाह भएको आएको थियो । आफूले यसअघि विहे नै नगरेको दाबी गर्दै अमेरिकाबाट निशाले भनिन्, ‘मेरा दुई श्रीमान् खोई ?’ मनोरञ्जनसंसारको सम्पर्कमा आएकी उनले मिडियाले चरित्र हत्या गरेको भन्दै ‘तेस्रो विवाह भएको’ भनिएकोमा आपत्ती जनाएकी हुन् ।

Read More

रेजिनाको बिहे भोजमा जे देखियो (फोटोफिचर)

अभिनेत्री रेजिना उप्रेती बैवाहिक बन्धनमा बाँधिएकी छन् । रेजिनाले लण्डन बस्दै आएका सुरज पोखरेलसँग शनिबार लगन गाँठो कसेकी हुन् । रेजिना र सुरजले शनिबार राजधानीको रविभवनस्थित मेघा बेङ्क्वेटमा भव्य भोज दिए, जहाँ रजतपटका अधिकांश हस्ती थिए । रेजिनाको विवाह भोजमा नेपाली चलचित्र क्षेत्रका अधिकांश कलाकार, प्राविधिक र पत्रकारलाई निम्तो दिइएको थियो । निम्तो पाएका सबै भोजमा सामेल थिए ।

Read More

‘वल्र्ड कप इन नेपाल’ हरायो ‘दमदार’लाई

बक्स अफिस त्रैमासिक पत्रिकाले आयोजना गरेको ‘फिल्म प्रमोसन कप फुटबल’ प्रतियोगिता अन्तर्गत शनीवार (फागुन १०) पेप्सीकोला टाउन प्लानिङ् फुटबल मैदानमा सात खेल सम्पन्न भएका छन्। नक आउट चरण्ँमा सम्पन्न गरिएका खेलहरुमा शनीवार ‘वल्र्ड कप इन नेपाल’, ‘तोरी लाहुरे’, ‘नाइ नभन्नु ल–२’, ‘जिगोलो’ र ‘सकिन भुल्न तिमीलाई’ले विजयी सुरुवात गरेका छन् ।

Read More

फिल्मबाट निकालिएपछि मल्लिकाले भनिन्, ‘मिडियाले झुठ बोल्न पाउँछ ?’

बलिउडकी सेक्स सिम्बल अभिनेत्री मल्लिका शेरावत आफूबारे आएको समाचारप्रति आक्रोशित भएकी छन् । साता दिनअघि ‘मल्लिका हलिउड फिल्ममा काम गर्दैछिन्’ भन्ने समाचार आएको थियो तर उनको लापरबाहीका कारण सो फिल्मका निकालिएकी छन् । तर, मिडियामा उनी निकालिएको समााचार आउन थालेपछि आक्रोश पाख्दै मल्लिकाले भनिन्, ‘के मिडियाले झुठ बोल्न पाउँछ ?’ see more

Read More

डिआइडी–४ का विजेता बने श्याम यादव

डान्स रियालिटी सो ‘डान्स इन्डिया डान्स’ डिआइडी’ को चौथो संस्करण विजेता श्याम यादव बनेका छन् । जी टीभीबाट प्रसारित डिआइडी सिजन–४ को शनिबार भएको अन्तिम फाइनलमा श्याम विजेता बनेका हुन् ।

Read More