Fri. Mar 29th, 2024

काठमाडौं, ११ फागुन । नेपाली चलचित्र ‘निशानी’ को भारतको गुहाटीस्थित हाम्लुङमा च्यारिटी सो गरिएको छ । वीर गोर्खालीको गाथा बोकेको यस चलचित्रलाई स्थानीय दर्शकले अत्यधिक रुचाएको निर्माणपक्षले जनाएको छ । चलचित्र च्यारिटीका लागि गुहाटी प्रस्तुतकर्ता तथा कलाकार प्रेम सुब्बाले त्यहाँबाट फर्केपछि भने, ‘चलचित्र स्थानीयले अत्यधिक रुचाए । निशानी हेरेर उनीहरू भावुक भएका थिए ।’ हाम्लुङमा पहिलोपटक नेपाली चलचित्रको च्यारिटी सो गरिएको छ । गुहाटीको गास्को गोर्खा स्पोर्टस् अर्गनाइजेसनले ‘निशानी’ को च्यारिटी गरेको हो ।

nishani 3
भारतमा नेपाली चलचित्र प्रदर्शन गर्नका लागि त्यहाँको सेन्सरले पास गर्नुपर्छ । त्यसैअनुरूप ‘निशानी’ अल्इन्डिया चलचित्र जाँच पास शाखा ‘सेन्सर’ इजाजत दिएपछि फेब्रुअरी १५ र १७ मा च्यारिटी गरिएको थियो । दुई दिनमा तीन सो गरिएको प्रस्तुतकर्ता प्रेमले बताए । उनले त्यहाँका आदिवासी जनताले पनि चलचित्र रुचाएको बताए । साथै, ‘निशानी’ गुहाटीमा रहेको गोर्खा पल्टन इलाभेन जिआरका अफिसरले पनि हेरेका थिए । चलचित्र हेरिसकेपछि उनीहरू निकै भावुक बनेको प्रेमले बताए ।

nishani 1
विनोद सेरेङ निर्देशित ‘निशानी’ मा वीर गोर्खालीले तत्कालीन कारगिल युद्धमा देखाएको वीरताको गाथा चित्रण गरेको छ, जसलाई कारगिल खलबार युद्धका रूपमा परिभाषित गरिँदै आएको छ । ‘निशानी’ मा सरोज भण्डारी र ललिता धौभडेल सेरेङको संयुक्त लगानी छ । चलचित्रमा प्रशान्त तामाङ, प्रेम सुब्बा, जयानन्द लामा, कोपिला थापा, सुरज रानाभाट, विष्णु चेम्जोङलगायत कलाकारको मुख्य अभिनय छ । यसै चलचित्रमार्फत अनु गुरुङले नायिकाका रूपमा डेब्यु गरेकी छन् । चलचित्रमा युवराज राईको छायांकन, गोविन्द राईको कोरियोग्राफÞी र जनक गुरुङले द्वन्द्व निर्देशन गरेका छन् ।

nishani 4

nishani 2

%d bloggers like this: