Sat. Dec 9th, 2023

अस्ट्रेलियाको तस्मान समुद्रमा शनिबार नांगा मानिसको भीड लागेको थियो । सयौँ मानिसले समुद्रमा सामूहिक रूपमा नांगै डबुल्की मारेका छन् । नग्नताको समर्थनमा सात सयभन्दा बढी मानिसले यसरी सामूहिक स्नान गरेका हुन् ।
अस्ट्रेलियाको इतिहासमा नांगाहरूको यो अहिलेसम्मकै दोस्रो ठूलो सामूहिक स्नान हो । अस्ट्रेलियाका राष्ट्रिय निकुञ्जका लागि आर्थिक सहयोग जुटाउन साढे सात सय मानिस सामूहिक रूपमा नांगिएका थिए । स्नानमा सहभागीमा कुनै ठूलै काम गर्दाको जस्तै आत्मसन्तुष्टि झल्किएको थियो । बिहान आठ बजेदेखि सामूहिक स्नान सुरु भएको थियो ।
स्नान कार्यक्रम आरम्भ हुनुअघि एक सहभागीले नांगाको भीडलाई सम्बोधन गर्दै भनेका थिए, ‘हामी सबै नांगै जन्मिएका हौँ । नग्नता हाम्रो जन्मजात स्वभाव हो । त्यसैले कसैले हाम्रो नांगो शरीर देख्ला कि भन्ने कुरालाई बाल दिनुहुँदैन ।’
कार्यक्रमपछि एक सहभागीले कार्यक्रमको अनलाइन पेजमा लेखेका छन्, ‘अरूका अगाडि अहिलेसम्म कहिल्यै नांगै ननुहाएकाले मलाई थोरै संकोच लागेको थियो । यद्यपि, अप्ठेरो हुनेगरी लाज भने लागेन । एकदमै मजा आयो ।’ स्नान गर्नेमध्ये कतिपयले शरीरका गोप्य मानिएका अंगमा नग्नताको समर्थन गर्दै नारा र पेन्टिङ कोरेका थिए ।
Naked-on-Tasman-Sea
Naked-on-tasman-sea-3

%d bloggers like this: