Fri. Apr 19th, 2024

काठमाडौं, फागुन १३ । एक महिने सांगीतिक टुरका लागि युरोप पुगेकी जानकी मगरले त्यहाँ पनि सोधिन्, ‘जवानी के ले सेलाउँछ ?’ बरफ पानी खाँदा पनि जवानी तातेको भन्दै सेलाउने उपायको खोजी गरेपछि युरोप रहेका नेपाली तन्नेरीका मन पनि तातेको थियो । केही समयअघि मात्रै बजारमा आएको आफ्नो लोकपप एल्बम् ‘मेरो जवानी’को उक्त गीत गाउँदा माहोल पनि गर्माएको थियो ।
यसअघि तीजको गीत ‘कार किनेर ल्याऊ’ गाएर चर्चामा आएकी जानकीलाई यो गीतले थप चर्चित बनाइरहेको छ । विश्व मगर संघले आयोजना गरेको उक्त सांगितीक टुरमा रामजी खाँडसँग गरेको दोहोरी जुहारीमा पनि दर्शकको ताली त्यत्तिकै बटुलेकी थिइन् । रामजी खाँडले पनि आफ्ना चर्चित गीत सुनाएर दर्शक झुमाएका थिए । गायक त्रिलोक रानाले आधुनिक गीत गाएर स्रोतालाई मोहनी लगाएका थिए ।
‘छुट्यो मायाजाल’बाट गायन दुनियाँमा प्रवेश गरेकी जानकीले यसअघि ‘जता हावा उतै चल्छ हुरी’, ‘साथी चाहिया छ’, ‘बाँचेकै छु बाँच्नलाई’ जस्ता गीत सार्वजनिक गरिसकेकी छिन् । दोहोरीको सवालजबाफ राम्रो गर्न सक्ने भएकाले उनले थुप्रै दोहोरी प्रतियोगीता पनि जितेकी छिन् ।

1798383_522731154513692_177333612_n 1620933_522747977845343_1049368628_n

%d bloggers like this: