Thu. Apr 18th, 2024

काठमाडौं, फागुन १२ । राष्ट्रिय रापती म्यूजिक अवार्ड २०७० मा गायक विरही कार्की र गायिका देवी घर्ती उत्कृष्ट लोकदोहोरी गायक र गायिकाको अवार्ड चुम्न सफल भए । गायक कार्कीले मायालु हजारबाट अवार्ड चुमेका हुन् भने गायिका देवी घर्तीले हाँस्न सिकायौबाट अवार्ड चुमेका हुन् ।
फागुन ११ गते आइतबार राजधानीको सभागृहमा भएको राष्ट्रिय रापती म्यूजिक अवार्डमा उत्कृष्ट गायक सुगम संगीततर्फ नरेन्द्र प्यासीले म त तिम्रो मान्छेबाट अवार्ड चुमे भने उत्कृष्ट गायिका सुगम संगीततर्फको अवार्ड तिमी छैनौ र बोलको गीतबाट रिमा गुरुङ होडाले चुम्न सफल भइन् । त्यस्तै सुगमसंगीत गीतकार भावेश भुमरी भए भने उत्कृष्ट संगीतकारको अवार्ड भने राजु सिंहको पोल्टामा प¥यो । त्यस्तै संगीत संयोजकको अवार्डबाट अमूल कार्की ढली तिमी भयौ बुढी बोलको गीतबाट उत्कृष्ट बने भने किशोर थापाले बादलहरु हो गीतबाट ध्वनि मिश्रणको अवार्ड चुम्न सफल भए । त्यस्तै नवप्रतिभा सुगम संगीततर्फ काव्य आचार्य किन आज बोलको गीतबाट उत्कृष्ट बन्न सफल भइन् भने सन्तोष अधिकारी मज्जा छुट्टै बोलको गीतबाट उत्कृष्ट बन्न सफल भए ।
त्यसैगरी उत्कृष्ट म्यूजिक भिडियो मोडलतर्फ गजित विष्ट बर्बाद भएँ बाट उत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुषको अवार्ड चुम्न सफल भ एभने झरना थापाले के बनायो बोलको गीतबाट उत्कृष्ट भ्यूजिक भिडियो मोडल महिलाको अवार्ड चुम्न सफल भए । त्यस्तै युगल गायनमा रजिना रिमाल र वीपी वाग्लेले मेरो जीवनसाथी गीतबाट अवार्ड चुमे । लोकदोहोरीतर्फ भने उत्कृष्ट लोकदोहोरी शब्दको अवार्ड गणेश चौलागाईंले प्राप्त गरे भने उत्कृष्ट भाकाको अवार्ड कस्तुप पन्तले प्राप्त गरे । लोकदोहोरी नवप्रतिभाको अवार्ड भने सरिता थापा हरपल तिम्रै र करन तामाङ माया गर्छन् धेरैबाट अवार्ड चुम्दै उत्कृष्ट बन्न सफल भए ।
चलचित्र संगीतकारको अवार्ड चुम्दै मेरो जीवनसाथी चलचित्रबाट संगीतकार अर्जुन पोखरेल उत्कृष्ट चलचित्र संगीतकार बने भने दयाराम पाण्डे उत्कृष्ट चलचित्र गीतकारको अवार्डबाट उत्कृष्ट ठहरिए । त्यस्तै चलचित्र मायाजबारको कुन दिनमा बोलको गीतबाट पाश्र्व गायिका दुर्गा परियार भइन् भने पाश्र्व गायक स्वरुपराज आचार्य पागल म बन्न सक्छु बोलको गीतबाट उत्कृष्ट भए । उत्कृष्ट पप गीत समीर आचार्यले प्राप्त गरे भने उत्कृष्ट राष्ट्रिय भावनाको गीतबाट भने देवेन गिरी –देश बने पो बोलको गीतबाट उत्कृष्ट बन्न सफल भए ।
कार्यक्रममा दुर्गा परियार, काव्य आचार्य, नरेन्द्र प्यासी, झलक संगीतम् जस्ता कलाकारहरुले गीत प्रस्तुत गरेका थिए भने गजित विष्टलगायतका समूहको नृत्य प्रस्तुत भएको थियो ।

raju_yogendra

%d bloggers like this: