Tue. Apr 23rd, 2024

मुम्बई, १० (एजेन्सी) । बलिउडकी सेक्स सिम्बल अभिनेत्री मल्लिका शेरावत आफूबारे आएको समाचारप्रति आक्रोशित भएकी छन् । साता दिनअघि ‘मल्लिका हलिउड फिल्ममा काम गर्दैछिन्’ भन्ने समाचार आएको थियो तर उनको लापरबाहीका कारण सो फिल्मका निकालिएकी छन् । तर, मिडियामा उनी निकालिएको समााचार आउन थालेपछि आक्रोश पाख्दै मल्लिकाले भनिन्, ‘के मिडियाले झुठ बोल्न पाउँछ ?’
मल्लिकाले काम गर्ने भनिएको फिल्मको नाम हो, ‘अ लिटिल ह्यावेन इन मी’ तर, अहिले फिल्मबाट ‘मल्लिकालाई हटाइएयो’ भन्ने समाचार आएपछि मल्लिकाको कन्सिरी तातेको हो । मल्लिकाले आफूलाई सो फिल्मबाट हटाइएको समाचार गलत भन्दै भनिन्, ‘फिल्मका निर्मातासँग मेरो कुनै विवाद छैन । मिडियामा आएका खबर सबै गलत हुन् ।’ उक्त फिल्मको आफू नै हिस्सा भएको उनको दावी छ । सुरुमा यस फिल्ममा मल्लिकालाई मुख्य भूमिकामा प्रस्ताव गरिएको थियो तर अहिले आफ्नै लापरबाहीले उक्त प्रोजेक्टबाट उनी निकालिएकी छन् ।

%d bloggers like this: