Sat. Oct 26th, 2024

काठमाण्डौं, फागुन ११ । बक्स अफिस त्रैमासिक पत्रिकाले आयोजना गरेको ‘फिल्म प्रमोसन कप फुटबल’ प्रतियोगिता अन्तर्गत शनीवार (फागुन १०) पेप्सीकोला टाउन प्लानिङ् फुटबल मैदानमा सात खेल सम्पन्न भएका छन्। नक आउट चरण्ँमा सम्पन्न गरिएका खेलहरुमा शनीवार ‘वल्र्ड कप इन नेपाल’, ‘तोरी लाहुरे’, ‘नाइ नभन्नु ल–२’, ‘जिगोलो’ र ‘सकिन भुल्न तिमीलाई’ले विजयी सुरुवात गरेका छन् ।

अन्तिम खेल अन्तर्गत भएको खेलमा ‘वल्र्ड कप इन नेपाल’ले ‘दमदार’लाई ३–१ ले पराजित ग¥यो। ‘वल्र्ड कप इन नेपाल’का लागि सुमन लामाले दुई तथा सुजन तामाङले एक गोल गरे। पहिलो हाफमा गोलरहित बराबर भएको ‘वल्र्ड कप इन नेपाल’ र ‘दमदार’बीचको खेल दोश्रो हाफको सुरुआतमैं डि एरिया भित्र ‘दमदार’का खेलाडीले गरेको ह्याण्डबललाई रेफ्रिले पेनाल्टी दिएपछि खेल विवादित बनेको थियो । रेफ्रिको निणर््ँय नमान्ने भन्दै दमदारका खेलाडीले मैदान छोडेपछि खेल पुनः दोश्रो हाफबाटै सुरु गरिएको थियो।

‘वल्र्ड कप इन नेपाल’ र ‘दमदार’मा फुटबलका खेलाडीको नै अभिनय रहेको र उनिहरु मैदानमा उत्रेकोले अन्य चलचित्र टिमको खेल भन्दा रोमाञ्चक, प्रतिष्पर्धी र उत्कृष्ट बनेको थियो। दुवै चलचित्रमा राष्ट्रिय स्तरका फुटबल खेलाडीको अभिनय छ। अन्य चलचित्रका खेलहरुमा पनि दर्शकको हुटिङको साथमा भएको खेल रोमाञ्चक थियो। ‘तोरी लाहुरे’ले ‘नोभेम्वर रेन’लाई २–१, ‘नाइ नभन्नु ल–२’ ले ‘आधीबाटा’ेलाई २–०, ‘जिगोलो’ले ‘डिभार्स’लाई ३–१, ‘सकिन भुल्न तिमीलाई’ले ‘चियर्स’लाई ३–१ ले पराजित गरे।

सेमिफाईनलका खेल भने अर्को हप्ता जाउलाखेल फुटबल मैदानमा हुने बताइएको छ। फाईनल खेल चैत पा“च गते दशरथ रंगशालामा हुनेछ । चलचित्र प्रचारको नया“ तरिका स्वरुप यो खेल आयोजना गरिएको बक्स अफिस त्रैमासिकका अध्यक्ष आर.के. सुवेदीले बताए ।

box office football