Wed. Apr 24th, 2024

काठमाडौ, ११ फागुन । अभिनेत्री रेजिना उप्रेती बैवाहिक बन्धनमा बाँधिएकी छन् । रेजिनाले लण्डन बस्दै आएका सुरज पोखरेलसँग शनिबार लगन गाँठो कसेकी हुन् । रेजिना र सुरजले शनिबार राजधानीको रविभवनस्थित मेघा बेङ्क्वेटमा भव्य भोज दिए, जहाँ रजतपटका अधिकांश हस्ती थिए ।
रेजिनाको विवाह भोजमा नेपाली चलचित्र क्षेत्रका अधिकांश कलाकार, प्राविधिक र पत्रकारलाई निम्तो दिइएको थियो । निम्तो पाएका सबै भोजमा सामेल थिए । उनीहरु रेजिनाको बिहे भोजमा खुबै मोज गरे । ह्विस्कीको चुस्की लिँदै रेजिनालाई सफल दाम्पत्य जीवनका लागि शुभकामना दिए । अबेरसम्म चलेको रात्रि भोजमा अभिनेत्री करिश्मा मानन्धर, रेखा थापा, सञ्चिता लुइँटेल, अरुणीमा लम्साल, अभिनेताहरु श्रीकृष्ण श्रेष्ठ, मुकेश ढकाल, सुशील क्षेत्री, आकाश अधिकारी, गजित विष्ट, रोहित रुम्बालगायत थिए । त्यस्तै, युवराज लामा, राजेन्द्र खड्गी, बसुन्धरा भुषाल, भावु लम्साललगायतका बरिष्ठ कलाकारहरुको उपस्थिति थियो ।

तस्बिरहरु : बाबु सुरेश डिसी

rejina 5

rejina 7

rejina 9

rejina

rejina 6

rejina 4

rejina 3

rejina 2

%d bloggers like this: