अन्ततः शुक्रबार नै रिलिज हुने भो ‘गुलाब ग्याङ’

नयाँदिल्ली, २२ फागुन (एजेन्सी) । अन्ततः फिल्म ‘गुलाब ग्याङ’ रिलिज हुने भएको छ । बुधबार दिल्लीको माथिल्लो अदालतले यस फिल्मलाई प्रदर्शनमा रोक लगाएको थियो तर निर्माता अनुभव सिन्हाको अनुरोधमा बिहीबार अदालतले माधुरी दीक्षित र जुही चावला अभिनित ‘गुलाब ग्याङ’ लाई प्रदर्शनका लागि खुला गरेको छ । अदालतको सफाई पाएपछि अब ‘गुलाब ग्याङ’ शुक्रबार रिजिल हुने भएको छ ।

Read More

होस्टेल निर्देशकको ‘जिन्दाबाद’

लचित्र ‘होस्टेल’ का निर्देशक हेमराज बिसी सुटुक्कै चलचित्र निर्देशन गरिहेका छन् । ‘होस्टेल’ सफल भएपछि चर्चामा आएका बिसीले आफूले चलचित्र बनाइरहेको मिडियालाई बताएका छैनन् । उनले विनाप्रचार ‘जिन्दाबाद’ निर्देशन गरिहेका छन् ।

Read More

द्वन्द्वकालका ‘त्यान्द्रो’ पर्दामा आउने

काठमाडौं, २१ फागुन । तत्कालीन माओवादी युद्धकालका विषयमा धेरै चलचित्र बनिसकेका छन् । यस्तै, अर्को चलचित्र बन्ने भएको ‘त्यान्द्रो’ । निर्देशक साम्तेन भुटियाले ‘त्यान्द्रो’ नामक चलचित्र बनाउन लागेका हुन् । चलचित्र तत्कालीन माओवादी द्वन्द्वकालकै विषय केन्द्रित हुने बुधबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइएको छ । चलचित्र ०६० साल चैत २८ गते लमजुङको छैलुङ गाउँमा तत्कालीन माआवादीको…

Read More

फिल्म ‘सिशा’मा बहाल वला प्रहरी डि आइ जि को गित

फिल्म ‘सिशा’मा बहाल वला प्रहरी डि आइ जि को गित
नैना रेशम अनि न बोलेनि हासि राखन जस्ता चर्चित फिल्म निर्देशक आर बि सरद खत्रिको निर्देशनमा बनेको फिल्म ‘सिशा’ अब भने प्रद्शनमा आउने भएको छ। फिल्म ‘सिस’मा बहाल वला प्रहरी डि आइ जि नबाराज सिलवालको समेत एउटा गितम शब्द सिर्जना रहेको छ। उनिले रुचिका कारण सिसा फिल्मको लागि गित लेखेको बुजिएको छ ।
नन स्टप क्रियसन प्रोड्क्सनको प्रस्तुतिमा अजिता सुमर्गिले निर्मान गरेको ‘सिसा’ आगामी साउन २३मा प्रद्शन हुनेछ। फिल्म लाइ मधुसुधन ढ़्क़ाल अनि महेस ढुङेलको समेत लगानि रहेको छ। फिल्मको निर्मान सम्योजन के नबराजले गरेका छन।

Read More

मृत्युदण्ड सुनाइएका अनिसका लागि उठ्यो ९ लाख रुपैया, राजेशपायलले दिए २५ हजार

प्रवासी नेपाली साहित्य समाज वेलायतले अनिस खालिङको जीवन रक्षाको लागि ९ लाख ४ हजार १ सय ८८ रुपैया सहयोग हस्तान्तरण गरेको छ । राजधानीको दरबारमार्गस्थित मधुशाला गजल रेष्टुरेन्टमा बुधबार आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष तथा नेपाल प्रतिनिधि तथा फिल्म निर्देशक मिलन चाम्सको संयोजनमा चर्चित गायक राजेश पायल राई तथा चर्चित सफल गायक उदय सोताङबाट खालिङका आफन्तलाई रकम हस्तान्तरण गरेको हो । सोही कार्यक्रममा गायक राजेश पायल राईले २५ हजार रुपैंया खालिंगको परिवारलाई राजेशपायल राई फाउन्डेसन मार्फत प्रदान गरे ।

Read More

बंगलादेशी फिल्ममा निशा

बंगलादेशी फिल्ममा निशा
नायिका निशा अधिकारी दुई बंगलादेशी फिल्मको लागी नायिकाको रुपमा देखिने भएकी छिन् । यो कुरा उनले आफ्नो फेसबुक मार्फत खुलाएकी हुन।फिल्म ‘गुड ईभिनिङ काठमाडौं’ र ‘अण्डर द सेम स्काई’मा उनले खेल्ने पक्क भयेको हो, जसलइ बंगलादेशी निर्देशक तनविन रफिकले निर्देशन गर्ने छन् ।

Read More

नग्न पादरीको उपदेश

कल्पना गर्नुहोस्– कुनै चर्चमा पादरी सर्वांग नग्न भएर बाइबलका उपदेश दिइरहेका छन् र उनलाई सुन्नेहरू पनि नांगा छन् । अमेरिकामा एक चर्चका पादरी नग्न भएर क्रिस्चियन धर्मको शिक्षा दिइरहेका छन् । भर्जिनिया राज्यअन्तर्गत साउथ्याम्पटन काउन्टीमा अवस्थित ह्वाइट चर्चका पादरी केपास्टर एलेन पार्कर नांगै भएर धर्मको सन्देश दिइरहेका हुन्छन् ।

Read More

लोकसभा चुनावमा प्रिया दत्तसँग प्रीति जिन्टा भिड्ने !

जतिखेर नेपालमा संविधानसभा चुनावको माहोल तात्दै थियो, त्यतिबेला नेपाली कलाकारलाई पनि राजनीति लागेको थियो । अहिले बलिउड कलाकारलाई राजनीति लागेको छ । यतिखेर भारतमा लोकसभा चुनावको माहोल छ । राजनीति दलका नेताहरु आफ्नो पाटीमा बलिउड कलाकारलाई भित्राइरहेका छन् । भारतको लोकसभा चुनावमा अभिनेत्री प्रीति जिन्टाको नाम बढी चर्चामा छ । प्रीति भारतीय जनता पार्टीको तर्फबाट लोकसभा चुनावमा उम्मेदवार हुँदैछिन् भन्ने चर्चाले भारतको राजनीतिबृत्तसम्म फैलिएको छ । समाचारमा जनाइअनुसार आगामी लोकसभा चुनावमा प्रीति प्रिया दत्तसँग चुनावी मैदानमा स्पर्धा गदैछिन् ।

Read More

‘ऋतु’ लाई ‘यु’ सर्टिफिकेट

‘ऋतु’ लाई ‘यु’ सर्टिफिकेट
अहिले चर्चामा रहेको फिल्म ‘ऋतु’ लाई फिल्म जाँचपास समितीले सबै वर्गका दर्शकले हेर्न पाउने गरी ‘युनिभर्सल सर्टिफिकेट’ प्रदान गरेको छ । यहि शुक्रबार अर्थात् फागुन २३ बाट प्रदर्शन मा आउने फिल्म ‘ऋतु’ नेपाल मा मात्र न भै अस्ट्रेलियामा समेत प्रदर्शन हुदैछ। फिल्मका सबै दृश्य सभ्य र राम्रो भएको भन्दै बोर्डले ‘यू’ प्रमाणपत्र दिएको निर्माण पक्ष ले जानकारी गरायो ।

Read More

मेरो दोस्रो खुडकिलो हो तोरी लाहुरे : रोहित रुम्बा

चलचित्र ‘द मार्सल आर्ट’ मार्फत रजजपटमा डेब्यु गरेका रोहित रुम्बा आफ्नो पछिल्लो चलचित्र ‘तोरी लाहुरे’ बाट आशावादी छन् । ‘चम्पा चमेली’, ‘दुई मुटु एक धड्कन’, ‘लव इन चाइना’ र ‘रुद्राक्ष’ जस्ता चलचित्रमा अभिनय गरिसकेका छन् । उनी अभिनीत पछिल्लो चलचित्र ‘तोरी लाहुरे’ २३ फागुनबाट अल नेपाल रिलिज हुँदैछ । बेरोजगार युवाको कथामा आधारित चलचित्रमा रोहित…

Read More