Wed. Apr 24th, 2024

नयाँदिल्ली, २२ फागुन (एजेन्सी) । अन्ततः फिल्म ‘गुलाब ग्याङ’ रिलिज हुने भएको छ । बुधबार दिल्लीको माथिल्लो अदालतले यस फिल्मलाई प्रदर्शनमा रोक लगाएको थियो तर निर्माता अनुभव सिन्हाको अनुरोधमा बिहीबार अदालतले माधुरी दीक्षित र जुही चावला अभिनित ‘गुलाब ग्याङ’ लाई प्रदर्शनका लागि खुला गरेको छ । अदालतको सफाई पाएपछि अब ‘गुलाब ग्याङ’ शुक्रबार रिजिल हुने भएको छ ।
भारतीय समाचार संस्था पीटीआईका अनुसार बुधबार बुन्देलखण्डका चर्चित ‘गुलाबी ग्याङ’ का नेता सन्पत पालले निवेदन दिएपछि दिल्ली हाईकोर्टले रिजिलमा रोक लगाएको थियो । तर सन्पतले फिल्म आफूमाथि नभएको दावी गर्दै प्रदर्शनको पूर्वसन्ध्यामा खुला आरोप फिर्ता लिएको छ ।
फिल्म ‘गुलाब ग्याङ’ मा माधुरी मूख्य भूमिकामा देखिँदै छिन् । उनी महिलाका पक्षमा वकालत गर्छिन् । फिल्ममा जुही चावला नेगेटिभ भूमिकामा छिन् । फिल्म उत्तर प्रदशेको एउटा गाउँको कथामा आधारित छ ।

%d bloggers like this: