Fri. Apr 19th, 2024

काठमाडौं, २१ फागुन । तत्कालीन माओवादी युद्धकालका विषयमा धेरै चलचित्र बनिसकेका छन् । यस्तै, अर्को चलचित्र बन्ने भएको ‘त्यान्द्रो’ । निर्देशक साम्तेन भुटियाले ‘त्यान्द्रो’ नामक चलचित्र बनाउन लागेका हुन् । चलचित्र तत्कालीन माओवादी द्वन्द्वकालकै विषय केन्द्रित हुने बुधबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइएको छ ।

चलचित्र ०६० साल चैत २८ गते लमजुङको छैलुङ गाउँमा तत्कालीन माआवादीको साँस्कृतिक टोलीमाथि सुरक्षा फौजले आक्रमण गरेको घटनामा आधारित हुने बताइउको छ । टोलीको नेतृत्व गरिरहेका गंगाबहादुर लामा ‘कोशिश’लाई सुरक्षा फौजले घुँडामा गोली हानेपछि पाँच दिनसम्म दिएका यातनालाई ‘तान्द्रो’ उतार्ने निर्देशक भुटियाले बताए ।
२२ जनाको सांस्कृतिक टोली र अन्य गरी ३० जना कलाकारले अभिनय गर्ने निर्माणपक्षले जनाएको छ । चलचित्र दयाहाङ राई, रामबाबु गुरुङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेललगायत छन् । चलचित्रको छायांकन १ चैत्रबाट सुरु हुने जनाइएको छ ।

%d bloggers like this: