Fri. Apr 19th, 2024

चलचित्र ‘द मार्सल आर्ट’ मार्फत रजजपटमा डेब्यु गरेका रोहित रुम्बा आफ्नो पछिल्लो चलचित्र ‘तोरी लाहुरे’ बाट आशावादी छन् । ‘चम्पा चमेली’, ‘दुई मुटु एक धड्कन’, ‘लव इन चाइना’ र ‘रुद्राक्ष’ जस्ता चलचित्रमा अभिनय गरिसकेका छन् । उनी अभिनीत पछिल्लो चलचित्र ‘तोरी लाहुरे’ २३ फागुनबाट अल नेपाल रिलिज हुँदैछ । बेरोजगार युवाको कथामा आधारित चलचित्रमा रोहित एक्शन भूमिकामा देखिँदैछन् ।

‘तोरी लाहुरे’ रिलिज हुँदैछ, अपेक्षा के गर्नुभएको छ ?

चलचित्र ‘तोरी लाहुरे’ मेरो करिअरको दोस्रो खुड्किलो हो । करिब एक् दशक मैले चलचित्र क्षेत्रमै विताइसकेको छु तर मेरा लागि तोरी लाहुरे मत्वपूर्ण छ । चलचित्रमा मेरो भूमिका पनि स्ट्रंग छ । यो चलचित्रले मलाई एक्शन अभिनेताका रुपमा स्थापित गनै सक्छ भन्ने अपेक्षा गरेको छु ।
चलचित्र ‘तोरी लाहुरे’ हेरेर दर्शकले के पाउँछन् ?
विदेश जानुभन्दा अगाडि के कस्ता कुरामा जानकारी गर्नुपर्छ भन्ने तोरी लाहुरे हेरेपछि थाहा पाइन्छ । चलचित्र मनोरञ्नात्मक त छ नै, आम युवालाई विदेश जानुअघि आफूले ध्यान दिनुपर्ने कुराबारे पनि ज्ञान हहासिल गर्न सक्छन् भन्ने मेरो विश्वास छ ।
‘तोरी लाहुरे’ बेरोजगार युवाकै लागि बनाइएको हो ?
बेरोजगार युवाकै लागि भनेर त होइन तर समग्र बेरोजगार युवाले भोग्नु पर्ने समस्यालाई उठाइएको छ । त्यसैले बैदेसिक रोजगारीको समस्याबारे जान्न चाहनेका लागि तोरी लाहुरे एउटा ऐना हो । यस चलचित्रको दशर्क सबै वर्ग र समूहका हुन सक्छन् ।
लामो समय अभिनयमै विताइसक्नु भएको छ । यहाँसम्म आइुपुग्दा के पाएँजस्तो लाग्छ ?
हो, करिब १२ वर्ष संघर्ष गरेको छु । यस अवधिमा थुप्रै चलचित्रमा अभिनय पनि गरेँ । हरेक चलचित्रमा फरक–फरक भूमिका गरेको छु । ‘तोरी लाहुरे’ मा पनि अहिलेसम्म गरेका भूमिका भन्दा फरक छ । अब पाएको कुरा गरौं । चलचित्र क्षेत्रमा लागेर पैसा कमाउन सकेको छैन तर नाम र इज्जत पाएको छु । रोहित रुम्बा भन्ने कलाकार पनि छन् पनि पहिचान बनाएको छु । मेरो लागि अहिले यो कुरा हो । देख्दा दाम कमाउने समय गुमाएजस्तो लागे पनि सन्तुष्टि नै छु ।
अभिनयमा लाग्दा पैसा खर्चिनु प¥यो कि परेन ?
नवकलाकारले यसक्षेत्रमा प्रवेश गर्न पैसा भएमा सजिलो हुन्छ । त्यसपछि चाकडी चल्छ । प्रतिभा हुनेहरुलाई अवसर पाउन मुश्किल छ तर मैले हिरो हुनकै लागि पैसा खर्चिनु परेको छैन । म प्रतिभामा विश्वास राख्छु ।
‘तोरी लाहुरे’बारे थप केही भन्नु छ ?
यो मेरो पछिल्लो चलचित्र हो, जुन २३ फगुनबाट प्रर्दशन हुँदैछ । त्यसैले सम्पूर्ण दर्शकलाई एकपटक ‘तोरी लाहुरे’ हुर्न अनुरोध गर्दछु । मलाई दर्शकको प्रेरणा र हौसला चाहिएको छ ।

%d bloggers like this: