Fri. Apr 26th, 2024

बाबु सुरेश डि सि ,काठमाडौं , फागुन २१, नायिका निशा अधिकारी दुई बंगलादेशी फिल्मको लागी नायिकाको रुपमा देखिने भएकी छिन् । यो कुरा उनले आफ्नो फेसबुक मार्फत खुलाएकी हुन। फिल्म ‘गुड ईभिनिङ काठमाडौं’ र ‘अण्डर द सेम स्काई’मा उनले खेल्ने पक्क भयेको हो, जसलइ बंगलादेशी निर्देशक तनविन रफिकले निर्देशन गर्ने छन् ।
अनुवन्धित भएपछि बंगलादेशी फिल्ममा काम गर्ने आवसर पाउँदा आफु निकै उत्साहित भएको प्रतिक्रिया दिदै , निशाले यसले आफुमा थप जिम्मेवारी थपिएको महसुस भयको पनि बताइन। नेपाली फिल्मकी नायिका भयर बगलादेशी फिल्ममा पनि काम गर्न पाउनुमा आफ्नो क्यारियर टर्निङ पोइन्ट मान्ने निशाले आफ्नो ध्यान सधैभरी सकेसम्मको राम्रो काम गर्नमा रहने र यसमा आफुले सक्दो राम्रो गर्ने पनि उल्लेख गरेकी छिन्।
यसअघी रफिककै निर्देशनमा निर्माण घोषणा गरिएको चलचित्रमा नेपाली कलाकार अर्चना देलाल पनि अनुबन्धित भएकी थिईन् । अर्चना पछी बंगलादेशी चलचित्रमा अभिनय गर्न अवसर पाउने निशा दोस्रो कलाकार बनेकि हुन् ।

%d bloggers like this: