Sat. Oct 26th, 2024

काठमाडौं, २२ फागुन । चलचित्र ‘होस्टेल’ का निर्देशक हेमराज बिसी सुटुक्कै चलचित्र निर्देशन गरिहेका छन् । ‘होस्टेल’ सफल भएपछि चर्चामा आएका बिसीले आफूले चलचित्र बनाइरहेको मिडियालाई बताएका छैनन् । हामीलाई प्राप्त सूचना अनुसार जिन्दाबाद नामक चलचित्र निर्देशनमा वि.सी. हाल व्यस्त छन् ।चलचित्रको कथा ,पात्र लगायत याबद पक्षलाई ध्यानमा राखी कुनै पनि मिडियामा यसबारे समाचार सम्प्रेसन गर्न नदिएको जानकारी प्राप्त छ। पहिले अनमोल के सी प्रकृति श्रेष्ठ जस्ता कलाकार लिएर चलचित्र होस्टेलमा काम गरेका उनिले यसपाली भने त्रिचन्द्र कलेजका स्व बी यु सभापति बिनय भट्ट अनि नायिका नम्रता श्रेठको जोडीलाई पर्दामा देखाउन लागेका हुन् । चलचित्रमा दयाहांग राईको समेत मुख्य भूमिका रहने छ । युवा बिद्धार्थी, राजनीति र प्रेमको विभिन्न पाटालाई उनले फिल्ममा देखाउन खोजेका छन्।

उनले विनाप्रचार ‘जिन्दाबाद’ निर्देशन गरिहेका छन् । चलचित्रको करिब ७० प्रतिशत छायांकन सकिएको बुझिएको छ । फिल्मका निर्माता भने केन्द्रिय बिद्धार्थी राजनीति मै सक्रिय एक हस्ती सरोज न्यौपाने हुन् । चलचित्र सफल हुनेमा निर्माण पक्ष आशाबादी रहेको बुझिएको छ । यस चलचित्रलाई आगामी ७१ साल भदौमा प्रर्दशन गर्ने निर्माणपक्षको लक्ष्य छ ।