यसरी मनाए कलाकारले होली (फोटो फिचर)
फागु पूर्णिमा अर्थात् रंगहरुको पर्व होली राजधानीमा हर्सोल्लासका साथ मनाइँदैछ । मित्रता र सामाजिक सद््भावका जगाउने पर्वका रुपमा मनाइने यसपालिको होली कलाकारले पनि विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् । केही वर्षयता अभिनेत्री आफ्नै निवास गादाबारीमा गर्दै आएको होली कार्यक्रमलाई निरन्तरता दिँदै यसपटक पनि मनाएको छ । करिश्माको होली निम्तोमा राजधानीबाट अधिकांश कलाकार आइतबार (आज) गादाबारी पुगे । यस्तै, सधैं झैं यसपटक पनि निर्माता छविराज ओझाले नमस्ते फिल्मस्मा होलीको कार्यक्रम राखे भने अन्य विभिन्न टेलिभिजन तथा एफएम रेडियोले आयोजना गरेको होली कार्यक्रम पनि कलाकारले भ्याए ।