Sat. Apr 20th, 2024

काठमाडौं, फागुन २९ । फिल्म ‘नाइ नभन्नु ल २’को शिर्ष गीत रिलिज गरिएको छ । १२ बर्षे प्रेम परियारले स्वर दिएको उक्त गीतमा बसन्त सापकोटाको संगीत तथा प्रभा आचार्यको शब्द छ । फिल्मका मुख्य दुई पात्र अनुभव रेग्मी र सुज्ञानी भट्टराईको बालप्रेम देखाईएको यो फिल्मलाई विकास आचार्यले निर्देशन गरेका हुन् । दिनेश कुमार पोखरेल र विकास आचार्यको लगानी रहेको यो फिल्ममा सुरज सिंह ठकुरी, प्रियंका कार्की, जीवन लुईटेल, सरोज खनाल, बर्षा सिवाकोटी लगायतको अभिनय छ ।

 

%d bloggers like this: