‘फिटकिरी’मा हिन्दी फिल्म भन्दा तेब्बर दर्शक !
फिल्म फिटकिरी हेर्ने दर्शक बढ्न थालेका छन् । शुक्रवारदेखि रिलिज फिल्म ‘फिटकिरी’ शनिबार अधिकांस हल हाउसफुल देखिएका छन् । हिन्दी फिल्मको तुलनामा तेब्बर दर्शक रहेको हल संचालकको दाबी छ । एफक्युबमा भने नेपाली फिल्मले अहिलेसम्मकै धेरै दर्शक पाएको बताइएको छ । बिग मुभिज सिटीसेन्टरमा शनिवार साढे दुई बजेको शो ९५ प्रतिशत सिट भरिएका थिए ।