ठूली र घमण्डी भएकी छैन : गरिमा पन्त

एकपछि अर्को नयाँ चलचित्र पनि हात नपरेका होइनन् तर, हात परेका प्रायः चलचित्र गरिमा पन्तका लागि व्यावसायिक रूपमा त्यति सबल भएर प्रस्तुत हुन सकेनन् । लामो समयदेखि कलाकारिता क्षेत्रमा लागिपर्दै आएकी अभिनेत्री गरिमा पन्तको चलचित्र यात्रामा यतिबेला आएर भने भसङ्केतहरू देखापर्न थालेका छन् । गरिमा अभिनीत चलचित्र ‘मनले मनलाई छुन्छ’ २८ चैतबाट अल नेपाल प्रदर्शनमा…

Read More

Update : गायिका मञ्जुको स्वास्थ्यमा झिनो सुधार

काठमाडौं, १४ चैत । गायिका मञ्जुको स्वास्थ्यमा केही सुधार आएको छ । गम्भीर दर्घटनापछि ग्रान्डी इन्टरनेशनल अस्पतालमा बेहोस अवस्था उपचारत मञ्जुको स्वास्थ्यमा शुक्रबार साँझपख केही सुधार आएको गायक सुजन लम्सालले बताए । उनका अनुसार साँझतिर ब्लड थापिएको छ भने उनको शरीरले पानी लिएको छ ।

Read More

‘मुखौटा’जेठमा ‘नागबेली’ असारमा

दुई प्रतीक्षित फिल्मको रिलिज मिति तय भएको छ । चेलिमाइति फिल्म्सको पहिलो प्रस्तुति बनेको फिल्म ‘नागबेली’ आगामी असार २७ मा प्रदर्शनमा आउने पक्का भएको छ । रिफल इन्टरटेन्मेन्टको प्रस्तुतीतमा निर्मित ‘मुखौटा’ जेठ १६ गते रिलिज हुने भएको छ ।

Read More

डेट सार्दै गरियो ‘राहदानी’ गीत सार्वनिक

नेपाली चलचित्र ‘राहदानी’ को प्रचार सामग्री तथा अडियो बिहीकार एक कार्यक्रमबीच राजधानीमा सार्वजनिक गरिएको छ । चलचित्रको गीत तथा पोस्टर कवि तथा गीतकार दिनेश अधिकारीले सार्वजनिक गरेका थिए । बैदेशिक रोजगारीमा देखिएका समस्यामा आधारित चलचित्र ‘राहदानी’ को लेखन तथा निर्देशन पत्रकार डब्बु क्षत्रीले गरेका हुन् । चलचित्रमा बैदेशिक रोजगारका विकराल समस्यालाई उठाइएको निर्देशक क्षत्रीले बताए ।

Read More

‘एक्स फ्याक्टर’ जर्ज बन्दै रिहाना

हलिउडका संगीतकार कोवेल आफ्नो लोकप्रिय रियालिटी सो ‘द एक्स फ्याक्टर’ मा गायिका रिहानालाई चौथोे निर्णायकका रूपमा राख्न चाहेका छन् । त्यसका लागि उनले रिहानासँग कुराकानी गरिरहेका छन् ।
समाचारमा जनाइएअनुसार ५४ वर्षीय संगीतकार कोवेलले आफूलाई आकर्षक लाग्ने युवतीको सूची तयार गरेका छन् । उनी तीमध्येबाट आफ्नो सोमा निर्णायक बनाउन चाहन्छन् । सो सूचीमा उनले रिहानालाई पनि राखेका छन् । कोवेलको मन पर्नेमध्ये रिहाना पनि पर्छिन् ।

Read More

चिन्ताजनक, लोक कलाकारले रोके काम

लोक गायिका मञ्जु महतको स्वास्थ्यस्थिति चिन्ताजनक भएपछि सम्पूर्ण लोक दोहोरी कलाकारले काम रोकेका छन् । बिहीबार गीत रेकर्डिङमा जाँदै गर्दा स्कुटर दुर्घटनामा परेकी पछिल्लो समयकी चर्चित लोक गायिका मञ्जुको हाल टोखास्थित ग्रान्डी इन्टरनेशनल अस्पतालको कोमामा उपचार भइरहेको छ । उनको स्वास्थ्यलाभको कामना गर्दै सयभन्दा बढी लोक कलाकार ग्रान्डी अस्पताल पुगेका छन् । गीतकार शिव हमाललका अनुसार शुक्रबार सम्पूर्ण लोक कलाकारले गीत रेकर्डिङ तथा सुटिङ रोकेका छन् ।

Read More

डीबी बने उत्कृष्ट दोहोरी कलाकार, तिर्सना दोहोरी प्रथम

बसपार्कमा भएको खुला लोकदोहोरी प्रतियोगितामा न्यू दोभानका डीबी गुरुङ उत्कृष्ट कलाकार बन्न सफल भए भने तिर्सना दोहोरी साँझ पहिलो बन्न सफल भयो । पश्चिम नेपाल दोहोरी साँझको आयोजनामा भएको पश्चिम नेपाल खुला लोकदोहोरी प्रतियोगितामा ८ दोहोरी साँझको प्रतिस्पर्धा भएको थियो । ८ वटा दोहोरी साँझको प्रतिस्पर्धामा तिर्सना प्रथम बन्न सफल भयो भने न्यू दोभान ए दोस्रो र न्यू दोभान बी तेस्रो बन्न सफल भए ।

Read More

‘तक्मे बुढा’ले नकारे भारतीय सिरियलको अफर

बलिउड धेरै नेपाली कलाकारको सपना हो । यसका लागि धेरैले प्रयास गर्छन् । अफर नै आयो भने त भाग्यको कुरा भइगयो । अभिनेता विल्सनविक्रम राई बलिउड भित्रिने दैलोमै पुगेर फर्केका छन् । अर्थात्, उनले बलिउडको दैलो मानिने भारतीय टेलिफिल्ममा काम गर्ने अवसर पाएर पनि लत्याएका छन् । चर्चित भारतीय निर्देशक आशुतोष गोवारिकले निर्देशन गर्ने टेलिफिल्ममा उनलाई अफर गरिएको थियो ।

Read More

दीपिकाको ५० करोडको घर, तर त्यो उनले आफैले किनेकी होइनन् !

बलिउड अभिनेत्री दीपिका पादुकोणले मुम्बईमा ५० करोड रुपैयाँको घर खरिद गरेको समाचारले अहिले बलिउढड तताएको छ तर दीपिकाले त्यो घर आफ्नो पैसाले खरिद गरेकी होइनन् । यो भ्रममा नपर्नु होला कि, दीपिकाले खरिद गरेको भनिएको घर उनका पूर्व ब्वायफ्रेन्ड सिद्धार्थ माल्याले उपहार दिएका हुन् । अहिले बलिउडमा यो कुरा पनि चर्चामा छ । केही बलिउडकर्मीले भनिरहेका छन् कि, ऐश्वर्याले घर खरिद गरेर सिंगार पटार गरिरहेका बेलादीपिकाले उक्त घर खरिदेकी हुन् । तर यसैबेला त्यो घर दीपिकाले पूर्वप्रेमीबाट पाएको उपहहार भएको रहस्य खुलेको छ ।

Read More

अश्लील भिडियो काण्डमा अभिनेत्री मीरा पतिसहित पक्राउ

पाकिस्तानी फिल्मी अभिनेत्री मीरा र उनका पति क्याप्टेन नाविद सहजादलाई अश्लील भिडियो खिचेको अभियोगमा पक्राउ गरिएको छ । उनीहरूलाई त्यहँ“को अदालतले पक्राउ आदेश जारी गरेपछि पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । पाकिस्तानी अदालतले सोमबार प्रहरीमार्फत पक्राउ आदेश दिएको हो । साथै, अतिरिक्त जिल्ला न्यायाधीश सरदार भाट्टीको इजलासले भिडियो खिचेको घटनालाई ‘पाप कर्म’ भएको निष्कर्È निकालेको पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सो भिडियोका विÈयमा अप्रिल २ मै अदालतमा मुद्दा दायर भएको थियो ।

Read More