Fri. Apr 26th, 2024

काठमाडौं, चैत १४। दुई प्रतीक्षित फिल्मको रिलिज मिति तय भएको छ ।  चेलिमाइति फिल्म्सको पहिलो प्रस्तुति बनेको फिल्म ‘नागबेली’ आगामी  असार २७ मा प्रदर्शनमा आउने पक्का भएको छ । रिफल इन्टरटेन्मेन्टको प्रस्तुतीतमा निर्मित ‘मुखौटा’ जेठ १६ गते रिलिज हुने भएको छ ।
काठमाण्डौमा विभिन्न सपना बोकी संघर्Èरत युवाको कथालाई ‘नागबेली’ फिल्मममा मुख्य विÈय बनाइएको छ । निर्देशक गोविन्द राईको निर्देशन रहेको फिल्म ‘नागबेली’लाइफिल्म समीक्षक दिपेन्द्र लामाले लेखेका हुन् । फिल्मका कलाकार मध्ये यशराज गराच र नव कलाकार सम्भव श्रेष्ठले फिल्ममा समिहनेत गरेको बताए । फिल्मलाई रोमियन लिम्बूले निर्माण गरेकी हुन् । त्यस्तै कार्यक्रमको अन्त्यमा झुल्किएकी अभिनेत्री हर्षिका श्रेष्ठले फिल्म हेर्न आग्रह गरिन् ।  उनी  नबनायक विक्की मल्लस“गै आएकी थिइ्न्, यसकारण धेरैले नयाँ जोडीको संज्ञा दिएका थिए । यो थाहा पाउपछि उनले स्पष्टिकरण दिइन्, ‘बन्दै गरेको फिल्म ‘साईकल’मा बिक्की र आफू संगै काम गरिरहेकाले एकपटक आएका हौं ।’
त्यसैगरी अभिनेता अर्पण थापाको निर्देशनमा बनेको पहिलो फिल्म ‘मुखौटा’को पनि रिलिज मिति तय भएको छ । फिल्म आगमी जेष्ठ १६ गतेबाट देशभर एकसाथ प्रदर्शन हुने भएको छ । फस्ट ट्रेलरबाटै चर्चा कमाइरहेको यो फिल्मलाई रिफ इन्टरटेनमेन्टको ब्यानरमा निर्माता रबिन श्रेष्ठले निर्माण गरेका हुन् । फिल्मले ९ जना माफिया डनको कथा देखाउन खोजेको छ । फिल्ममा राजेश हमाल, सुनिल थापा, निशा अधिकारी, सौगात मल्ल, दयाहाङ राई, रविन तामाङ, हर्Èिका श्रेष्ठ, प्रशान्त ताम्राकारको मुख्य भूमिका छ । फिल्ममा निर्देशक थापाले समेत बिशेÈ भूमिकामा अभिनय गरेका छन् । फिल्मको कथा पनि निर्देशक थापाको नै रहेको छ । फिल्मको पटकथा अर्पण र प्रतिक गुरुङले लेखेका हुन् । संगीत जेशन कुव“रको रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेको हुन् ।
moukhata-first-look
 
 

http://www.youtube.com/watch?v=i4DGf9SaIxk

%d bloggers like this: