Fri. Apr 19th, 2024

एकपछि अर्को नयाँ चलचित्र पनि हात नपरेका होइनन् तर, हात परेका प्रायः चलचित्र गरिमा पन्तका लागि व्यावसायिक रूपमा त्यति सबल भएर प्रस्तुत हुन सकेनन् । लामो समयदेखि कलाकारिता क्षेत्रमा लागिपर्दै आएकी अभिनेत्री गरिमा पन्तको चलचित्र यात्रामा यतिबेला आएर भने भसङ्केतहरू देखापर्न थालेका छन् । गरिमा अभिनीत चलचित्र ‘मनले मनलाई छुन्छ’ २८ चैतबाट अल नेपाल प्रदर्शनमा आउँदै छ । उनी यस चलचित्रबाट निकै आशावादी छिन् । गरिमाले ‘मनले मनलाई छुन्छ’ लाई आफ्नो पछिल्लो महत्वकांक्षी चलचित्रका रुपमा लिएकी छन् । स्वं शिव रेग्मी निर्देशित अन्तिम चलचित्र भएकाले पनि उनले एकपटक दर्शकलाई यो चलचित्र हेर्न आग्रह गरेकी छन् । ‘धैर्य पनि धेरै गरेँ, अब भने आशा जागेको छ,’ उनले भनिन् । नेपाली चलचित्र क्षेत्रमा सोझी, भलाद्मी अनि विवादरहित अभिनेत्रीको रूपमा चिनिने गरिमासँग कुराकानी ।
० के अब गरिमाको दिन आएकै हो त ?
– अबचाहिँ आएजस्तो छ ।
० कसरी आभाष भयो नि ?
– चलचित्र झोलाको अत्यधिक सफलतापछि मैले मेरो कम गर्ने शैली र बजारमा मेरोबारेमा सोचिने सोचहरूमा परिवर्तन पाएकी छु ।
० पहिले झोला खेल्दा कस्तो प्रतिक्रिया आएको थियो ?
– ग्ल्यामर्स भूमिकातिर खेलिरहेकी मलाई यो सिनेमाबाट अफर आउँदा म दोधारमा थिएँ । कतै पछि छाप यस्तै भूमिकातिर पर्ने त होइन भन्ने डर थियो । तर, त्यसो भएन ।
० झोला यस्तो चल्छ जस्तो लागेको थियो त ?
– चल्न त चल्छ, तर यस्तो अपार रूपमा यसले यस्तो बजार हात पार्ला भन्ने सोचेकी थिइनँ ।
० झोला खेलेर गरिमालाई के फाइदा भयो त ?
– गरिमा अफर आएका र विविध चरित्रमा काम गर्न सक्छे भन्ने प्रभाव परेको छ ।
० झोलाको सफलतासँग अब गरिमाको पनि भाउ बढेछ भन्न थालेका छन् नि ?
– भाउ बढेको होइन, तर अब मैले पनि पारिश्रमिक र भूमिकाबारे ध्यान दिने सोच बनाएकी छु । पहिलेजस्तो हल्काफुल्का अनि कम्प्रोपाइज गर्न बाध्य हुने पारिश्रमिकमा काम नगर्ने योजना बनाएकी छु । म ठूली र घमण्डी भएकी छैन ।
० हालसालै एउटा चलचित्रबाट गरिमा निकालिएकी हुन् कि नखेलेकी हुन् ?
– म आफैँले नखेलेकी हुँ । पारिश्रमिक चित्त बुझेन अनि छाडेँ । उहाँहरूले पहिलेकै रूपमा मलाई पारिश्रमिक अफर गर्नुभयो अनि छाडेँ ।
० अहिले सुटिङ भइरहेको चलचित्र ‘ठूली’ नि ?
– यो चलचित्रमा भूमिका पनि राम्रो र पारिश्रमिक पनि । त्यसैले सहर्ष स्वीकारेर सुटिङ पनि सुरु भइसक्यो ।
० चलचित्र खेले पनि नचल्नुमा दोष कसको ?
– यसैको भन्न मिल्दैन । काम त सबैले राम्रै गरेका हुन्छन् र राम्रो नै होस् भन्छन्, तर बजारमा पुगेपछि केही फिल्म चल्दैनन् । भागीदार कसलाई ठान्ने ?
० भनेपछि अब गरिमाले पारिश्रमिक र भूमिकामा ध्यान दिन थालेकी हुन् ?

– अब त्यसैगरी अगाडि बढ्नुपर्ने भयो । सहज भइदिँदा केही सिनेकर्मीले पेलेका हुन् कि मलाई भन्ने भान पनि पर्न थाल्यो । अब थोरै फिल्म खेल्ने तर राम्रो खेल्ने सोच बनाएकी छु ।
घटना र विचारबाट

%d bloggers like this: