Thu. Apr 18th, 2024

काठमाडौं, १३ चैत । बसपार्कमा भएको खुला लोकदोहोरी प्रतियोगितामा न्यू दोभानका डीबी गुरुङ उत्कृष्ट कलाकार बन्न सफल भए भने तिर्सना दोहोरी साँझ पहिलो बन्न सफल भयो । पश्चिम नेपाल दोहोरी साँझको आयोजनामा भएको पश्चिम नेपाल खुला लोकदोहोरी प्रतियोगितामा ८ दोहोरी साँझको प्रतिस्पर्धा भएको थियो । ८ वटा दोहोरी साँझको प्रतिस्पर्धामा तिर्सना प्रथम बन्न सफल भयो भने न्यू दोभान ए दोस्रो र न्यू दोभान बी तेस्रो बन्न सफल भए । प्रथम हुनेले २० हजार नगद पुरस्कार प्राप्त ग¥यो भने दोस्रो र तेस्रोले क्रमशः १२ र ८ हजार पुरस्कार प्राप्त गर्न सफल भए । कार्यक्रममा रमेश बिजी, बद्री पराजुली, गणेश गुरुङ, कृष्ण गुरुङ र काजीबाबु अर्याल निर्णायकमा रहेका थिए । प्रतियोगिता चैत ५ देखि ११ गतेसम्म चलेको थियो ।
 

%d bloggers like this: