Thu. Apr 25th, 2024

काठमाडौं, १४ चैत । लोक गायिका मञ्जु महतको स्वास्थ्यस्थिति चिन्ताजनक भएपछि सम्पूर्ण लोक दोहोरी कलाकारले काम रोकेका छन् । बिहीबार गीत रेकर्डिङमा जाँदै गर्दा स्कुटर दुर्घटनामा परेकी पछिल्लो समयकी चर्चित लोक गायिका मञ्जुको हाल टोखास्थित ग्रान्डी इन्टरनेशनल अस्पतालको कोमामा उपचार भइरहेको छ । उनको स्वास्थ्यलाभको कामना गर्दै सयभन्दा बढी लोक कलाकार ग्रान्डी अस्पताल पुगेका छन् । गीतकार शिव हमाललका अनुसार शुक्रबार सम्पूर्ण लोक कलाकारले गीत रेकर्डिङ तथा सुटिङ रोकेका छन् । अहिले अधिकांश लोक गायकगायिका ग्रान्डी अस्पतालमा जम्मा भएका छन् ।
बेहोश अवस्थामा अस्पताल पु-याएकी मञ्जुको अझै होस खुल्न सकेको छैन । दुर्घटनाबाट मञ्जुको वायाँ खुट्टा गुमेको छ । उनको खुट्टा काम नलाग्ने भएपछि काटिएको छ । मञ्जुलाई बिहीबार दिउँसो दुइक्षर््टा माइक्रोले बीचमा पारेर ठक्कर दिएको थियो । साथै, शुक्रबार, लोक दोहोरी कलाकारले राजधानीमा दोषीको कारबाही हुनुपर्ने माग गर्दै विरोध -याली निकालेका छन् ।

%d bloggers like this: