Thu. Mar 28th, 2024

काठमाडौं, १४ चैत । गायिका मञ्जुको स्वास्थ्यमा केही सुधार आएको छ । गम्भीर दर्घटनापछि ग्रान्डी इन्टरनेशनल अस्पतालमा बेहोस अवस्था उपचारत मञ्जुको स्वास्थ्यमा शुक्रबार साँझपख केही सुधार आएको गायक सुजन लम्सालले बताए । उनका अनुसार साँझतिर ब्लड थापिएको छ भने उनको शरीरले पानी लिएको छ ।
बिहीबार दिउँसो गीत रेकर्डिङमा जाँदै गर्दा गल्कोपाखामा उनलाई दुईवटा माइक्रोले ठक्कर दिएपछि गम्भीर घाइते भएकी मञ्जुको वायाँ खुट्टा अप्रेसन गरी काटिएको छ । शुक्रबार दिनभरी मञ्जुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण लोक दोहोरी कलाकार काम ठप्प पारेर ग्रान्डी अस्पताल पुगेका थिए ।

%d bloggers like this: