Fri. Apr 26th, 2024

लस एन्जलस, १४ चैत  (एजेन्सी) । हलिउडका संगीतकार कोवेल आफ्नो लोकप्रिय रियालिटी सो ‘द एक्स फ्याक्टर’ मा गायिका रिहानालाई चौथोे निर्णायकका रूपमा राख्न चाहेका छन् । त्यसका लागि उनले रिहानासँग कुराकानी गरिरहेका छन् ।

https://i0.wp.com/i.telegraph.co.uk/multimedia/archive/01622/cowell_1622988c.jpg?w=640
समाचारमा जनाइएअनुसार ५४ वर्षीय संगीतकार कोवेलले आफूलाई आकर्षक लाग्ने युवतीको सूची तयार गरेका छन् । उनी तीमध्येबाट आफ्नो सोमा निर्णायक बनाउन चाहन्छन् । सो सूचीमा उनले रिहानालाई पनि राखेका छन् । कोवेलको मन पर्नेमध्ये रिहाना पनि पर्छिन् । केही समययता रिहाना लन्डनमा छिन् । यसै सिलसिलामा रिहाना–कोवेक कुराकानी भएको बताइन्छ । केही दिनअघि मात्र आर एन्ड बी स्टार रिहानाले अमेरिकाको फेसन डिजाइनरको संगठन ‘काउन्सिल अफ फेसन डिजाइनर्स अफ अमेरिका’ले फेसन आइकन पुरस्कारले सम्मानित गरेको छ । ‘अम्ब्रेला’ गायिका रिहानाको प्रायः उत्तेजक पहिरन र लगातार पहिरनमा नयाँ प्रयोग गर्ने भएकाले सन् २०१४ को फेसन पुरस्कार समारोहमा उनलाई सम्मानित गरिएको बताइएको छ । फेसन आइकनबाट सम्मानित भएपछि चर्चामा रहेकी रिहानालाई कोवेलको निर्णायक हुने कुरामा पनि उस्तै चर्चामा ल्याएको छ ।
संगीकार कावेलले आफ्नो सोमा २६ वर्षीया रिहानालाई ल्याइए अझ लोकप्रियता पाउने दाबी गरेका छन् । ‘द एक्स फ्याक्टर’ टेलिभिजन सोको रेटिङ मामिलामा शीर्ष स्थानमा पर्छ ।
कोवेलले यस्तो सोचेका छन्, निर्णायक मन्डलमा रिहाना र ३० वर्षीया चेरिल कोललाई एकसाथ सामेल गरेमा आफ्नो सोले झनै सफलता पाउने छ । यस सोका लागि निर्णायक मन्डलमा २६ वर्षीय जोस स्टोन, २७ वर्षीया एली गाउलडिङ, ३८ वर्षीय मेल बी र ३८ वर्षीया फर्गीलाई राख्न सक्ने उनले संकेत दिएका छन् । साथै, रोवेलको यस सोमा लुईस वाल्स पनि निर्णायक मन्डलमा रहने छन् ।

http://upload.wikimedia.org/wikipedia/commons/3/39/Rihanna_Cologne_2013_05.jpg

%d bloggers like this: