किमको बिहेको फोटो खिच्न दश मिलियन डलर

रियालिटी शोकी प्रस्तोता तथा चर्चित मोडल किम कार्दशियनको बिहेको फोटो खिच्न मिडिया हाउसहरुको पसिना चुहिने भएको छ । उनले आफ्ना प्रेमी कान्य वेष्टसँग गर्न लागेको बिहेको तस्वीर मिडियाहरुका लागि अत्यन्तै महंगो पर्ने भएको हो ।

Read More

फेरिएन शाहिदको ‘प्रेम’ परिचय

बलिउड कलाकार शाहिद कपूर अहिले आँफु सिंगल वा डबल भएको आरोपसंग कुनै सम्झौता गर्ने मुडमा छैनन् ।
यस्ता हल्ला, आरोप, ट्याग उनको जीवनमा कति आए, कति गए । केहि समय अघि मात्रै सोनाक्षी सिंहसँगको सम्बन्धका कारण चर्चामा आएका शाहिदलाई अहिले एक्लै रहेको भन्ने आरोपले कुनै असर पारेको छैन ।

Read More

पुन्टे परेडको फष्टलुक

काठमाडौं, जेठ ११ । कमेडी शैलीको फिल्म ‘पुन्टे परेड’को फष्टलुक सार्वजनिक गरिएको छ । ‘सायद’ फिल्मबाट चर्चामा आएका नायक संयम पुरी पुन्टे बनेको फिल्मका निर्देशक सुवास कोइराला हुन् । फिल्म ‘अपवाद’ निर्देशन गरेर प्रशंसा पाएका यी निर्देशकद्वारा निर्देशित अर्को फिल्म ‘आवरण’ हाल प्रदर्शनरत छ ।

Read More

फिल्म अखडा बन्दै

काठमाडौं, जेठ ११ । इञ्जोय मुभिजको व्यानरमा ‘अखडा’ नामक फिल्म बन्ने भएको छ । यो व्यानरले यसअघि निर्माण गरेको फिल्म ‘आइ ह्याभ ए रिजन टु डाई’ प्रदर्शनको तयारीमा छ ।
राजु महर्जन प्रस्तुतकर्ता रहेको फिल्ममा आशिककुमार ठाकुर निर्माता रहेका छन् ।

Read More

राजेश हमाल बाँधिए बिहे बन्धनमा

महानायक राजेश हमाल अन्ततः बिवाह बन्धनमा बाँधिएका छन् । निकै लामो हल्ला र चर्चा पछि उनले धरानकी मधु भट्टराईसंग शनिबार लगन गाँठो कसेका हुन् ।
राजधानीको अन्नपुर्ण होटेलमा अति गोप्य तरिकाले शुभसाईतमा हमालले बिहे गरेका हुन् । केहिदिन अघि मात्र आँफुले बिहे गर्न लागेको कुरा मिडियामा सार्वजनिक गरेका हमालले पारिवारिक सम्बन्धका व्यक्तीहरुलाई मात्र बोलाएर बिहे गरेका छन् ।

Read More

दृष्टिलाई एक वर्षे छात्रवृत्तिको घोषणा

काठमाडौं, जेठ ९ । टर्कीको मिलासस्थित केफालुका रिसोर्टमा अघिल्लो हप्ता सम्पन्न ‘लिटिल मिस वल्र्ड युनिभर्स’प्रतियोगिताको शीर्ष उपाधि विजेता नेपाली चेली दृष्टि दाहाललाई उनी अध्ययनरत विद्यालय एनआईसी एकेडेमीले शुक्रबार राजधानीमा सम्मान गरेको छ ।

Read More

जस्टीनले समाए मोडलको स्तन

कुनै समय पप गीतका माध्यमबाट विश्वभर चर्चाको शिखरमा पुगेका क्यानेडेली पपस्टार जस्टीन विबर पछिल्लो समय विवादित कामका कारण चर्चामा आउने गरेका छन् । केहि समयसम्म सेलेना गोमेजसंगको प्रेम प्रसंगका कारण चर्चामा रहेका जस्टीन कुनै समय संगीत छोड्ने लगायतका कुराले चर्चामा रहे ।

Read More

अभाषको शुभ मुहुर्तः ११ गतेबाट छायांकन सुरु हुने

क्रियटिभ फिल्म एण्ड ग्लोसी पिक्चरर्सको प्रस्तुतीमा निर्माण हुन लागेको अभाष चलचित्रको शुक्रबार शुभ मुहुर्त गरिएको छ । नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काले राजधानीको कमलादीस्थित गणेशमन्दीरमा क्ल्यापबोर्डमार्फत एक्सन सुरु गरी आभाषको शुभ–मुहुर्त गरेका हुन् । चलचित्रको शुभ मुहुर्त पछि शुभकामना दिँदै खड्काले फिल्मले नेपाली समाजलाई परिर्वतनका लागि सहयोग गर्ने विश्वास व्यक्त गरे ।

Read More

‘अभाष’मा दुई जनाको मात्र लगानी

क्रियटिभ फिल्म एण्ड ग्लोसी पिक्चरर्सको प्रस्तुतीमा निर्माण हुन लागेको अभाष चलचित्रको निर्माताका रुपमा दुई जनामात्रै रहने भएका छन् । यस अघि गोविन्द शाही, दिपक शाही र सुनिल रावलको संयुक्त लगानीमा चलचित्र निर्माण गर्ने तयारी भए पनि सुनिल रावल आफ्नै चलचित्र निर्माणमा व्यस्त भए पछि गोविन्द शाही र दिपक शाहीले मात्रै आभाषमा लगानी गर्ने भएका हुन् ।

Read More

पोखरेल र मानन्धरविरुद्ध अदालतको अन्तरिम आदेश

काठमाडौं, जेठ ८ । पुनरावेदन अदालतले केही समय अघि सूचना तथा सञ्चार मन्त्रालयद्वारा नेपाल चलचित्र सेन्सर बोर्डमा नियुक्त गरिएका सदस्यद्वय सुरेशदर्पण पोखरेल र मेलिना मानन्धरलाई तत्काललाई उक्त स्थानमा नराख्न अन्तरिम आदेश जारी गरेको छ ।

Read More