Fri. Apr 26th, 2024

महानायक राजेश हमाल अन्ततः बिवाह बन्धनमा बाँधिएका छन् । निकै लामो हल्ला र चर्चा पछि उनले धरानकी मधु भट्टराईसंग शनिबार लगन गाँठो कसेका हुन् ।

राजधानीको अन्नपुर्ण होटेलमा अति गोप्य तरिकाले शुभसाईतमा हमालले बिहे गरेका हुन् । केहिदिन अघि मात्र आँफुले बिहे गर्न लागेको कुरा मिडियामा सार्वजनिक गरेका हमालले पारिवारिक सम्बन्धका व्यक्तीहरुलाई मात्र बोलाएर बिहे गरेका छन् ।

उनको बिहेमा मिडियाहरुलाई प्रवेश गर्न दिईएको छैन । बिहे सकिएछि मात्रै बिहेका तस्वीरहरु सार्वजनिक गर्ने तयारी रहेको उनी निकट श्रोतले जनाएको छ ।

नेपाली चलचित्र क्षेत्रमा लामो समयसम्म अभिनयमा टिकिरहेका हमालले पटक पटक आँफुले बिहे गर्ने मनस्थीतिमा नरहेको धारणा सार्वजनिक गरेका थिए ।

%d bloggers like this: