Thu. Mar 28th, 2024

रियालिटी शोकी प्रस्तोता तथा चर्चित मोडल किम कार्दशियनको बिहेको फोटो खिच्न मिडिया हाउसहरुको पसिना चुहिने भएको छ ।

उनले आफ्ना प्रेमी कान्य वेष्टसँग गर्न लागेको बिहेको तस्वीर मिडियाहरुका लागि अत्यन्तै महंगो पर्ने भएको हो ।

किम र कान्यको जोडीले आफ्नो बिहेका तस्बिर खिच्न मिडियासामु १० मिलियन डलरको राशीको प्रस्ताव अगाडि सारेको छ ।

उनीहरुको प्रस्ताव पछि बिभिन्न मिडियाहरु आश्चर्यमा परेका छन् । हालसम्म ग्लोसी म्यागेजिनले मात्र १० लाखमा सहमति जनाई तस्वीर खिच्न रेडी भएको छ ।

%d bloggers like this: