Fri. Apr 26th, 2024
काठमाडौं, जेठ ११ । इञ्जोय मुभिजको व्यानरमा ‘अखडा’ नामक फिल्म बन्ने भएको छ । यो व्यानरले यसअघि निर्माण गरेको फिल्म ‘आइ ह्याभ ए रिजन टु डाई’ प्रदर्शनको तयारीमा छ ।
राजु महर्जन प्रस्तुतकर्ता रहेको फिल्ममा आशिककुमार ठाकुर निर्माता रहेका छन् । रविनराज पोखरेल, अनुप स्थापित, योगेश्वर अमात्य, श्रीकृष्ण न्यौपानेलगायतको अभिनय रहने फिल्ममा नायिकाको फाइनल भईनसकेको निर्माण पक्षले जनाएको छ । पहिलोपटक फिल्मी अभिनयमा प्रवेश गरेका गायक योगेश्वर फिल्ममा खलपात्रको भूमिकामा देखिँदैछन् ।
डा. दयाराम कार्की र निलकुमार श्रेष्ठ सहनिर्माता रहेको फिल्ममा सुवास जिसी र विभु श्रेष्ठको संवाद तथा निर्देशन रहनेछ । फिल्ममा सन्तोष प्रगाढको संगीत, शंकर अधिकारी ‘घायल’को शब्द, सुरेन्द्र भण्डारी र सञ्जय तामाङको कोरियोग्राफी विभु श्रेष्ठको कथा र पटकथा, सुमन लामाको द्वन्द्व र राहुल राईको छायांकन रहनेछ । आगामी जेठ २० गतेबाट सुटिङका लागि फ्लोरमा जाने एक्सन लभस्टोरी फिल्मको छायांकन सर्लाहीमा गरिने निर्देशक श्रेष्ठले बताए ।
%d bloggers like this: