Thu. Apr 25th, 2024

क्रियटिभ फिल्म एण्ड ग्लोसी पिक्चरर्सको प्रस्तुतीमा निर्माण हुन लागेको अभाष चलचित्रको शुक्रबार शुभ मुहुर्त गरिएको छ ।

नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काले राजधानीको कमलादीस्थित गणेशमन्दीरमा क्ल्यापबोर्डमार्फत एक्सन सुरु गरी आभाषको शुभ–मुहुर्त गरेका हुन् ।

चलचित्रको शुभ मुहुर्त पछि शुभकामना दिँदै खड्काले फिल्मले नेपाली समाजलाई परिर्वतनका लागि सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले चलचित्रले राम्रो व्यापार गर्न सफल होस् भन्दै सचेतना दिन सकोस् भन्ने कामना व्यक्त गरे ।

चलचित्रको शुभ मुहुर्तमा सहभागी चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियाले पछिल्लो समय राम्रा चलचित्रहरु निर्माण हुने क्रम बढेकाले चलचित्र आभाषसले पनि राम्रो प्रभाव छोड्ने आशा व्यक्त गरे ।

गोविन्द शाही र दिपक शाहीको लगानीमा निर्माण हुन लागेको चलचित्र आभाषको ११ गतेदेखि छायांकन सुरु हुने निर्माण पक्षले जनाएको छ । चलचित्रमा सुरेन्द्र पौडेलको निर्देशन रहने छ ।

आभाषमा कलाकारहरु प्रियंका कार्की, संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी लगायतको अभिनय रहने निर्माता शाहीले जनाए ।
काठमाडौं, पोखरा, जिरीलगायतका ठाउँमा सुटिङ हुने चलचित्रको ५० दिनमा सुटिङ सक्ने निर्माण पक्षको तयारी छ ।

%d bloggers like this: