Thu. Apr 25th, 2024

बलिउड कलाकार शाहिद कपूर अहिले आँफु सिंगल वा डबल भएको आरोपसंग कुनै सम्झौता गर्ने मुडमा छैनन् ।

यस्ता हल्ला, आरोप, ट्याग उनको जीवनमा कति आए, कति गए । केहि समय अघि मात्रै सोनाक्षी सिंहसँगको सम्बन्धका कारण चर्चामा आएका शाहिदलाई अहिले एक्लै रहेको भन्ने आरोपले कुनै असर पारेको छैन ।

शाहि मान्छन् ‘Single, who is ready to mingle!’ गत हप्ता शाहिद कूपरलाई सोनाक्षी सिंहका साथ पार्टी गर्दै गरेको फेला पारिएको थियो । त्यसको दुईदिन पछि शाहिद ज्याकलिन फर्नाडिससंग डिनर गरिरहेको अवस्थामा भेटिए । त्यसपछि शाहिद आफ्नी साथी मिनलसंग फिल्म हेर्न गए र मिडियाको नजरमा पनि परे ।

तर शाहिदको लिष्ट सकिएको छैन । भारतको दिल्ली टाइम्सका अनुसार शक्ति कपूरकी छोरी तथा बलिउड कलाकार श्रद्धा कपूर पनि शाहिदलाई मन पराउँछिन् । श्रद्धा कपूरबारे धेरैले सुनेको कुरा के हो भने उनी आदित्य राय कपूरसंग डेटिङ गरिरहेकी छन् ।
दुई हप्ता पहिले यो जोडी अमेरिका भ्रमणमा संगै गएको थियो ।

यता श्रद्धा र शाहिद हैदर फिल्ममा एकैसाथ देखा पर्दैछन् ।
यसै फिल्ममार्फत यो जोडीको बारेमा चलचित्रको पर्दाभित्र भन्दा पर्दा बाहिर धेरै चर्चा छ ।
जो संग फिल्म खेल्यो उसैसंग रोमान्स गर्ने कलाकारको रुपमा परिचित शाहिदको परिचय अँझै बदलिएको छैन ।

%d bloggers like this: