Thu. Apr 25th, 2024

क्रियटिभ फिल्म एण्ड ग्लोसी पिक्चरर्सको प्रस्तुतीमा निर्माण हुन लागेको अभाष चलचित्रको निर्माताका रुपमा दुई जनामात्रै रहने भएका छन् ।

यस अघि गोविन्द शाही, दिपक शाही र सुनिल रावलको संयुक्त लगानीमा चलचित्र निर्माण गर्ने तयारी भए पनि सुनिल रावल आफ्नै चलचित्र निर्माणमा व्यस्त भए पछि गोविन्द शाही र दिपक शाहीले मात्रै आभाषमा लगानी गर्ने भएका हुन् ।

निर्माता गोविन्द शाहीले भने, ‘सुनिल जी आफ्नो अर्को प्रोजेक्टमा व्यस्त हुनु भएकाले आभाष हामीले मात्र ह्याण्डलिङ गर्नु पर्ने भयो ।’ शाहीले भने ‘सुनिल जी निर्माताका रुपमा आभाषमा नरहे पनि सहयोग आदान प्रदान नहुने कुरै छैन । हामी एक अर्काको चलचित्रलाई सहयोग पुग्ने गरीनै काममा अगाडी बढ्छौं । सुनिल जीले पनि सहयोग गर्छु भन्नु भएको छ ।’

शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बिच शुभ–मुहुर्त गरिने चलचित्रमा सुरेन्द्र पौडेलको निर्देशन रहने छ ।
आभाषमा कलाकारहरु प्रियंका कार्की, संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी लगायतको अभिनय रहने निर्माता शाहीले जनाए ।
काठमाडौं, पोखरा, जिरीलगायतका ठाउँमा सुटिङ हुने चलचित्रको ५० दिनमा सुटिङ सक्ने निर्माण पक्षको तयारी छ ।

%d bloggers like this: