Sat. May 11th, 2024

काठमाडौं, जेठ ८ । पुनरावेदन अदालतले केही समय अघि सूचना तथा सञ्चार मन्त्रालयद्वारा नेपाल चलचित्र सेन्सर बोर्डमा नियुक्त गरिएका सदस्यद्वय सुरेशदर्पण पोखरेल र मेलिना मानन्धरलाई तत्काललाई उक्त स्थानमा नराख्न अन्तरिम आदेश जारी गरेको छ । १५ दिन अघि नियुक्त भएका दुवै सदस्यका विरुद्ध अदालतले उक्त आदेश दिएको हो ।
melina
बोर्डमा सदस्य रहेका उषा लोहनी र भूमिका सुब्बालाई हटाइएपछि उनीहरुले न्यायको माग गर्दै अदालतमा निवेदन दिएका थिए । जस बमोजिम नारायणप्रसाद शाहको एकल इजलाशले बुधबार साँझ उषा र भूमिकाको पक्षमा अन्तरिम आदेश जारी गरेको बताइएको छ ।
बोर्डका सदस्य पोखरेलले भने आफुहरुलाई कुनै पनि जानकारी नआएको दाबी गरे । ‘हामीलाई अहिलेसम्म केही जानकारी आएको छैन, मैले पनि समाचारमार्फत मात्र पत्र मन्त्रालय पुगेपछि मन्त्रालयले स्पष्टीकरण दिएर मात्र हामीले छोड्नु पर्ने हो या होईन थाहा हुन्छ ।’

%d bloggers like this: