Fri. Apr 26th, 2024
काठमाडौं, जेठ ११ । कमेडी शैलीको फिल्म ‘पुन्टे परेड’को फष्टलुक सार्वजनिक गरिएको छ । ‘सायद’ फिल्मबाट चर्चामा आएका नायक संयम पुरी पुन्टे बनेको फिल्मका निर्देशक सुवास कोइराला हुन् । फिल्म ‘अपवाद’ निर्देशन गरेर प्रशंसा पाएका यी निर्देशकद्वारा निर्देशित अर्को फिल्म ‘आवरण’ हाल प्रदर्शनरत छ ।
सान मुभी मेकर्स प्रालिको व्यानरमा निर्मित फिल्ममा संयमका अलावा एञ्जिला दाहाल, रविन्द्र खड्का, निलुडोमा शेर्पा, स्वेता थापा, गीता अधिकारी र विशेष भूमिकामा प्रियंका कार्कीको अभिनय रहेको छ । हरि महत प्रस्तुतकर्ता रहेको फिल्ममा सुरज कोइराला र अनिल अधिकारी निर्माता रहेका छन् । निलुडोमा शेर्पाको कथा, शान बस्न्यात पटकथा तथा संवाद, ताराप्रकाश लिम्बु र टेकनन्द लामाको संगीत रहेको फिल्ममा बाबु श्रेष्ठको छायांकन रहेको छ । फिल्म साउन २ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।
%d bloggers like this: