ऐश्वर्या राय दोस्रो सन्तान जन्माउँदै !

पूर्वमिस वल्र्ड तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन फिल्ममा ‘कम्ब्याक’ हुने हल्ला चलिरहेकै बेला आमा बन्ने समाचार सार्वजनिक भएको छ । पहिलो सन्तानको आमा बनेपछि फिल्म दुनियाँबाट एकाएक टाडा भएकी ऐश्वर्या फिल्ममा ‘कम्ब्याक’ हुँदैछिन् भन्ने केही महिनायता हल्ला चलिरहेको हो तर यसैबेला उनी दोस्रो सन्तानकी आमा बन्न लागेको खबर आएको छ । भारतीय मिडियाले, ‘बच्चन परिवारमा नयाँ सदस्य थपिने भएको छ । बीबी अर्थात अभिताभ बच्चन फेरि हजुरबा बन्दैछन्’ भनि उल्लेख गरेका छन् ।

Read More

मिस हेरिटेज विजेता बन्नेलाई सिंगापुरे कम्पनीले १० लाख दिने

पहिलोपटक राजधानीमा अन्तर्राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसनल–२०१४’ हुने भएको छ । इप्लानेटले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । संस्कृति, सम्पदा तथा पर्यटनलाई लक्षित गरी प्रतियोगिता नेपालमा गर्न लागेको जनाइएको छ । यो प्रतियोगिता अफ्रिकी मुलुक जिम्बाबेबाट सुरु भएको हो

Read More

नेपाल आइपुगे ‘डिआइडि’का डान्सर

भारतीय टिभी जीटिभीको चर्चित रियालिटी शो डिआइडी (डान्स इन्डिया डान्स)मा नृत्यको जादू छरेका नेपालभाषी सौम्या राई र ओम क्षेत्री नेपाल आइपुगेका छन् । सोमवार दिउसो चार बजे उनीहरु नेपाल आइपुगेका हुन् । सौम्या र ओमका साथै प्रदी गुरुङ, नरेशविर सिंह र सुनिल क्षेत्री चैत २५ गते मंगलवार दिउसो ३ बजे राजधानीस्थित सानोगौचरनमा नृत्य प्रस्तुत गर्दैछन् । ‘लेट्स डान्स’ नाम दिएको कार्यक्रममा नेपालका चर्चित कलाकारको पनि प्रस्तुति रहने भएको छ ।

Read More

रेड कार्पेटसँगै अमेरिकामा ‘भीमदत्त’ प्रिमियर

नेपाली चलचित्र ‘भीमदत्त’ अमेरिकाको न्युयोर्कमा रेड कार्पेटसँगै प्रिमियर सो गरिएको छ । न्युयोर्कको कुइन्सस्थित ‘सेन्टर सिनेमा हल’ मा गरिएको प्रिमियरमा बाक्लो दर्शकको उपस्थिति रहेको चलचित्रका निर्देशक हिमग्याप लामा ‘तासी’ले जानकारी गराए । उनका अनुसार प्रिमियर रेड कार्पेटमा नेपाली समुदायका अगुवा, राजनीतिक कार्यकर्ता, समाजसेवी, व्यावसायी, कलाकार एवं पत्रकारको उल्लेख्य सहभागिता थियो । see more

Read More

‘मनले मनलाई छुन्छ’ कि छुदैन ?

चलचित्र ‘मनले मनलाई छुन्छ’ आउँदो शुक्रबारबाट देशभर एकसाथ रिलिज हुँदैछ । यो चलचित्र निर्माणपक्षका लागि मात्र नभइ दर्शकका लागि पनि विशेष मानिएको छ । ‘मनले मनलाई छुन्छ’ निर्देशक स्वं शिव रेग्मीको अन्तिम चलचित्र हो । नेपाली चलचित्र क्षेत्रमा फरक पहिचान बनाएका स्वं रेग्मी सयंमले पनि भनेका थिए, ‘मनले मनलाई छुन्छ’ मेरो आशालाग्दो चलचित्र हो ।’ ‘सुख दुःख’, ‘आफ्नो मान्छे’जस्ता ब्लकबस्टर नेपाली चलचित्र क्षेत्रलाई दिएका रेग्मीको अन्तिम कृति भएकाले पनि यो दर्शकका लागि विशेष चलचित्र भएको निर्मातासमेत रहेका अभिनेता विरेन श्रेष्ठ बताउँछन् ।

Read More

गर्जियस अटायर फेसन सो : बिरालो चालमा १६ मोडल

दिन ढल्किँदै जाँदा शनिबार बालकुमारीस्थित १९९९ एडी पार्टी प्यालेसमा फेसन पारखीको जमघट बढ्दै थियो । साँझ ७ बजे बत्तीको प्रकाशसँगै साडीमा मोडलहरू ¥याम्पमा निस्केपछि सुरु भएको माहोल करिब ४ घन्टा फेसनमय भएको थियो । उक्त अवसर गजिर्यस इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘जिआइएफटी’ र १९९९ एडी पार्टी प्यालेसले जुराएको थियो । see more

Read More

अनिस्तालाई ‘मिस मंगोल नेपाल २०१४’को ताज

अनिस्तालाई ‘मिस मंगोल नेपाल २०१४’को ताज
एक्सन इन्टरटेनमेन्टको आयोजनामा कमलादी स्थित प्रज्ञा–प्रतिस्ठानमा शनिबार ‘मिस मंगोल नेपाल २०१४’ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा जाउलाखेलकि २२ वर्षीया अनिस्ता गुरुङले ‘मिस मंगोल २०१४’ उपाधि चुमेकी छिन् । विगत पाच वर्ष अगाडी देखी निरन्तर हुदै आएको प्रतियोगीताको छैटौ संस्करणमा अनिस्ताले आफ्ना २५ प्रतिस्पर्धीहरुलाई पछाडी पार्दै एक लाख रुपैया नगद सहित मिस मंगोल नेपाल २०१४को ताज जितेकी हुन् । उनिलाई पुर्व मिस मंगोल नेपाल २०१३ बिजेता मुस्कान लिम्वुले ताज पहिराई दिएकी थिइन् ।

Read More

सुटिङ छाडेर भोट माग्दै राखी

बलिउडकी ‘बोल्ड’ अभिनेत्री राखी सावन्तले सुटिङका सबै काम छाडेकी छन् । अरु दिन फिल्मका कुरा गरेर नथाक्ने राखी हिजोआज राजनीति कुरा गर्छिन् अनि आफ्ना फिल्मका दर्शकलाई भन्न थालेकी छन्, ‘मलाई एक भोट दिनुस् है ।’ भारतको आसन्न लोकसभा चुनावमा ‘राष्ट्रिय आम पार्टी’को तर्फबाट उम्मेदवारी दिएपछि राखीको दिनर्चा फेरिएको हो ।
अभिनेत्री राखीले केही दिनअघि मात्र उम्मेदवारी घोषणा गरेकी हुन् । उनी मुम्बईको उत्तर–पश्चिम क्षेत्रबाट लोकसभा चुनावमा उम्मेदवारी दर्ता गराएकी छन् ।

Read More

गोल गर्लिन् त ? वल्र्ड कपमा लभ्ली

हास्य अभिनेत्री संगम राई ‘लभ्ली’ ‘वल्र्ड कप’ मा देखिँदै छिन् । वल्र्ड कपमा उनले गोल गर्लिन् वा के गछिन् त्यो भने १२ वैशाखपछि थाहा हुनेछ । चलचित्र ‘वल्र्ड कप इन नेपाल’ मा मुख्य भूमिमा देखिन लागेकी संगम भन्छिन्, ‘दर्शकको साथ पाएँ भनँे गोल हान्न सफल हुनेछु ।’ काँचका पर्दामा जमेकी उनी ठूलो पर्दामा पहिलोपटक ‘हिरोइन’ का रूपमा देखिन लागेकी हुन् । प्रकाश थापा निर्मित ‘वल्र्ड कप इन नेपाल’ १२ वैशाखबाट सार्वजनिक हुँदै छ । त्यसपछि नै संगमको बल ‘हिरोइन’ पोस्टमा गोल छिर्छ/छिर्दैन थाहा हुनेछ ।

Read More